बुद्धका मुर्ति तोडफोड प्रति शेर्पा संघ इजरायलको प्रेस बिज्ञप्ति

तेलअविव -रुपन्देहिको तिलोत्तमा नगरपालिका-६ स्थित सिद्धार्थ राजमार्गको बुटवल सडक खण्डको ६ लेन को मध्यभागमा राखिएका बुद्धका मुर्तिहरु तोडफोड भएको दु:खद घटनाप्रति शेर्पा संघ इजरायलको गम्भीर ध्यानाकर्षण सहित प्रेस बिज्ञप्ति जारी गरिएको छ ।
प्रेस बिज्ञप्तिको पुर्ण अन्श:
नेपाल बहुधर्मी, बहुभाषी, बहुजातिय, बहुसास्कृतिक मुलुक भन्ने कुरो संबिधानले नै स्विकारेको छ । बुद्धको जन्मभुमि नेपाल, नेपालीको ढुकढुकी, आस्थाको धरोहर भगवान बुद्धको मुर्ति बुटवल बेलाहियामा तोड्फोड हुनु अत्यन्त दु:खदायी छ । केही समय अगाडि काक्रे बिहारमा बुद्धको मुर्ती तोडेर प्रहरी कार्यालयमा बाधेर राखिएको हामी बिच आलै छ फेरिपनि मानव सभ्यताकै उपहास हुने अर्को आमान्य, पाशबिक, घिनौरा धटना भएको छ । यसको जति नै निन्दा र भर्त्सना गरेपनि कमै हुन्छ । बुद्धधर्म, बौद्धमार्गी माथिको अराजक गतिबिधी तुरन्तै रोकियोस भन्ने माग गर्दै दोषी उपर कडा कारबाहीको जोडदार माग गर्दछौ,
ल्हक्पा लामा शेर्पा तथा
(शेर्पा संघ इजरायल परिवार )