बुद्धका मुर्ति तोडफोड प्रति नेपाल तामाङ घेदुङ इजरायलको प्रेस बिज्ञप्ति
तेलअविव -रुपन्देहिको तिलोत्तमा नगरपालिका-६ स्थित सिद्धार्थ राजमार्गको बुटवल सडक खण्डको ६ लेन को मध्यभागमा राखिएका बुद्धका मुर्तिहरु तोडफोड भएको दु:खद अप्रिय घटना प्रति नेपाल तामाङ घेदुङ, इजरायलको गम्भीर ध्यानाकर्षण सहित प्रेस बिज्ञप्ति जारी गरिएको छ ।
प्रेस बिज्ञप्ति
मिति २०७६ श्रावण १ गते रुपन्देहिको तिलोत्तमा नगरपालिका-६ स्थित सिद्धार्थ राजमार्गको बुटवल सडक खण्डको ६ लेन को मध्यभागमा राखिएका बुद्धका मुर्तिहरु तोडफोड भएको दु:खद अप्रिय घटना प्रति नेपाल तामाङ घेदुङ, इजरायलको गम्भीर ध्यानाकर्षण भएको छ ।
शान्ति प्रेमी बौद्धमार्गीहरु माथी नियोजित रुपमा भगवान बुद्धका मुर्तिहरु तोडफोड गर्दै नेपाली समुदाय बिच धार्मिक सहिष्णुता र सद्भाव खल्बलाउने गरि अपमानजनक कु-कार्यको घोर भर्त्सना तथा गहिरो खेद प्रकट गर्दछौं ।
हाम्रो धार्मिक तथा ऐतिहासिक सम्पदाहरु माथि क्रमिक रुपमा प्रहार गर्दै, सामाजिक सद्भाव बिथोल्ने,धर्मको नाममा समुदाय-समुदाय बीच द्वन्द चर्काउने सम्प्रादयीक हिंसात्मक गतिविधि गराउने यस्ता अराजक तत्व गर्ने/गराउने कुनै ब्यक्ति वा समुहलाई पहिचान गरि कडा भन्दा कडा कारवाही गर्न अबिलम्ब नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ साथै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भड्काउने कार्यमा नलाग्न समस्त नेपालीहरुमा हार्दिक अपिल गर्दछौं ।
………………………
पेमा लामा पाख्रिन / अनिला मोक्तान तामाङ
महासचिब / अध्यक्ष
नेपाल तामाङ घेदुङ इजरायल