हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अन्तर्राष्ट्रिय तामाङ परिषद बैंकक सम्मेलनको सन्देश – टासी लामा तामाङ

हाम्रा पुर्खाहरुले नेपालको मध्ये पहाडी–हिमाली भू–भाग हालको प्रस्तावित ताम्सालिङ क्षेत्रमा हजारौ बर्षको निरन्तर बसोबासको क्रममा आफ्नो बिशिष्ट सामाजिक प्रणाली, मान्यता, भाषा र सभ्यताको बिकास गरे ।

इतिहासको विभिन्न कालखण्डमा बसाई–सराई प्रक्रिया र घटनाक्रमहरु सँगै केही पुर्खाहरु हालको देशहरुको सिमाङ्कन हुनु पुर्ब नै भारत र भुटान पुगेको र त्यसपछि बर्मा हुदै थाइल्याण्ड र मलेशिया पुगेको देखिन्छ । पछिल्लो समयमा रोजगार, अध्यायन र अन्य अवसरको सिलशिलामा विभिन्न देशहरुमा तामाङहरु पुगेर स्थायी/अस्थायी बसोबासको थालनी पनि प्रारम्भ गरेको छ ।

सम्मेलन बैंकक मै किन र महत्व के ?

नेपालबाट बसाई–सराईको क्रममा भारत/भुटान/बर्मा पुग्दा हाम्रा पुर्खाहरु नेपाली भएर पुगे र उहाँहरुको राज्यको आधिकारिक भाषा, संस्कृति सम्बन्धित देशको र आफ्नो भाषा, संस्कृति (पहिचान) चाँही नेपाली वा हिन्दु संस्कृति र खस भाषा हुन पुग्यो । र तामाङहरुकै निम्ति आफ्नो भाषा, संस्कृति तेस्रो प्राथमिकतामा पर्न गयो । जनसंख्याको हिसाबले भारतमा अलि धेरै तामाङहरु रहेकोले केहिहदसम्म तामाङ सभ्यता आफै भित्र भएपनि अभ्यास गर्ने वातावरण बनिरह्यो । तर, ज्यादै सानो संख्यामा बर्मा र त्यहाँबाट छिमेकी देशहरु थाइल्याण्ड, मलेशिया पुगेका तामाङहरुलाई त्यो अवसर प्राप्त भएन । र, ति देशहरुमा हाम्रो भाषा र संस्कृति लोपुन्मुख अवस्थामा पुग्यो । फेरी ति देशहरु भूगोलको हिसाबले तामाङहरुको आदिमभूमि नेपालको ताम्सालिङबाट धेरै टाढा रहेकोले कैँयौ बर्षसम्म सम्बन्ध विच्छेदको अवस्थामा रह्यो । त्यस्तो परिस्थिति झेलिरहेको हाम्रा सन्तानहरुलाई यो अन्तर्राष्ट्रिय अभियानमा जोड्न सकिएन भने हाम्रो अभियान अपूरो हुन्छ । त्यसैले हामीले पूर्वी एशिया क्षेत्रीय सम्मेलन थाइल्याण्डको बैंककमा गर्ने निर्णय ग¥यौं । बर्मामा त्यहाँको राजनीतिक स्थिति र आवत–जावतमा असहज थियो । र, त्यहाँ गर्न अलि धेरै तयारीको आवश्यकता थियो । त्यो क्षेत्रको तामाङहरुको बसोबासको स्थिति त्यत्ति मात्रै हैन । संसारको सबै भन्दा धेरै रोजगारको सिलशिलामा प्रवासी तामाङ युवाहरु रहेको देश मध्येको एक मलेशिया, उस्तै संख्यामा रहेको दक्षिण कोरिया र सबै भन्दा धेरै तामाङ बिद्यार्थी रहेको देश जापान यही क्षेत्रमा पर्दछ । थोरै संख्या भएपनि अलि लामो बसाइको इतिहास बोकेको हङकङ र मकाउ पनि यही क्षेत्रमा पर्दछ ।

सम्मेलनमा के–के भयो ?

उक्त सम्मेलनमा ७ देशहरुको सदस्य संस्थाहरुले भाग लिएका थिए भने नेपाल, भारत र संयुक्त अरव इमिरेटबाट शुभकामना र ऐक्यबद्धता जनाउँन ठुलो संख्यामा प्रतिनिधि र अतिथिहरु सहभागी हुनुहुन्थ्यो । सो जमघटमा पारिवारिक मिलन÷पुनर्मिलन जस्तो आत्मिय भाव एक अर्कामा देखिन्थ्यो । जसलाई तामाङ राष्ट्रियताको भाव पनि भन्न सकिन्छ । अन्तर्राष्ट्रिय तामाङ परिषदले त्यो भावनालाई अझ उच्च स्तरमा विकास गर्न जोखिममा पर्दै गएको तामाङ पहिचानलाई सबै देशमा जीवित र मजबुद बनाउदै लैजानु पर्ने हुन्छ ।

ताम्बा, लामा र बोम्बोद्वारा साङ–सेग्र्याम गरे लगतै छ्युँमी बालेर अतिथिहरुले कार्यक्रमको उद्घघाटन गर्नु भयो र कलाकारहरुले तामाङ अन्तर्राष्ट्रिय गित गाउनु भयो । सबै अतिथिहरुको शुभकामना मन्तब्यका साथै विभिन्न देशहरुबाट प्रेसित शुभकामना सन्देशहरु पनि वाचन भयो । रिपोर्टिङ राख्नेक्रममा बर्माको प्रतिनिधिले २–४ वटा नेपाली शब्दहरु राख्दै बाँकी बर्मन भाषामै राख्नु भयो । हङकङको प्रतिनिधिले आफु हङकङ मै जन्मेर हुर्केकोले तामाङ वा नेपाली भाषामा प्रष्ट राख्न नसकिने भन्दै अंग्रेजी मै रेपोर्टिङ राख्नु भयो । थाइलेल्याण्ड मै जन्मेका तामाङ समाज थाइल्याण्डको अध्यक्षले पनि नेपाली र अंग्रेजी मिसाएर स्वागत गर्नु भयो । जापान, कोरिया, मकाउ र मलेशियाको प्रतिनिधिहरुले नेपाली भाषामा राख्नु भएपनि कोरिया, जापान र मकाउको प्रतिनिधिहरु उतैको स्थायी बासिन्दा हुनुहुन्थ्यो । भाषा र बसोबासको दृष्टिले साँचिकै अन्तर्राष्ट्रिय सम्मेलन जस्तो त देखियो, तर सबैमा समान बिषय के थियो भने कसैले पनि मन्तब्य तामाङ भाषामा राख्नु भएन । नेपाल, बर्मा र थाईल्याण्डका कलाकारहरुले आ–आफ्नो मौलिक सांगितिक प्रस्तुति सहित सहभागीहरुलाई मनोरञ्जन दिनुभयो । कलाकारहरुको प्रस्तुतिलाई हेर्दा पनि सम्मेलन अन्तर्राष्ट्रिय जस्तै देखिन्थ्यो ।

सम्मेलनको निर्णयहरु र निष्कर्ष

सम्मेलनमा क्षेत्रीय सवालहरु र समन्वय, केन्द्रिय कार्ययोजनामा सहयोग र सहभागीता र क्षेत्रीय संरचना निर्माणमा छलफल र निर्णय गर्दै साथै काम गर्ने साझा प्रतिबद्धता जनायो । तामाङ पहिचान यत्तिखेर संसारको कुनैपनि देशको राज्य स्तरमा संस्थागत नभएकोले नेपालको हाल ३ नम्बर प्रदेशलाई नेवाःताम्सालिङ नामकरण गरी तामाङ पहिचान स्थापना गर्ने र हामी त्यो प्रदेशको पहिलो नागरिक बन्ने आन्दोलनलाई यो क्षेत्रबाट सबैले साथ र सहयोग जुटाउने बैकक घोषणा पत्रको पहिलो बुंँदाको रुपमा सर्बसम्मतिले पारित गरियो । चोहोको नेतृत्वमा ताम्बा, बोम्बो र लामा सम्मिलित सांस्कृतिक संयन्त्र सबै देशमा बनाउने र आवश्यक पर्दा ताम्बा, बोम्बो र लामा देश भित्रै सहज उपलब्ध गराई सबैले सांस्कृतिक अभ्यास गर्न पाउने बातावरण निर्माण गर्ने र सबै देशले भाषा र संस्कृति प्रशिक्षण केन्द्र संचालनमा ल्याउने निर्णय गरियो । सबै सदस्य संस्थाहरुले बार्षिक रुपमा कोष संकलन कार्यक्रम गरी सबैले सामाजिक बिकासको परियोजना संचालन गर्ने र समुदाय भित्र आपत–बिपत पर्दा सहयोगको लागि सबैले बिपत ब्यबस्थापन कोष निर्माण गर्ने । लुम्बिनीमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय तामाङ गुम्बा र नेपाल तामाङ घेदुङको पहलमा निर्माण हुन लागेको तामाङ साँस्कृतिक भवन निर्माणको निम्ति सबैले कम्तिमा एकपटक कोष संकलन कार्यक्रम गरी सहयोग जुटाउने निर्णय गरियो ।

राज्यको विभेदकारी नीति र भूमण्डलीकरणको प्रभाबले अन्तर्राष्ट्रिय स्तरमा तामाङहरुको बसाई–सराईको प्रक्रिया झन्झन् बढ्दै जाने देखिन्छ । यो सम्मेलनले हामी जुनसुकै देशको नागरिक वा बासिन्दा भएपनि हाम्रो मौलिक पहिचान (राष्ट्रियता) तामाङ सभ्यतालाई बनाउने र अर्को सम्मेलनमा सबैले तामाङ भाषामा मन्तब्य राख्न सक्ने हुने गरी बर्मामा भेट्ने बाचा सहित सम्मेलन सम्पन्न भयो |

(लेखक: टासी लामा तामाङ,अन्तर्राष्ट्रिय तामाङ परिषद का वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution