हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

सालीसँगको सम्बन्ध लुकाउन श्रीमतीको हत्या: भारतबाट झिकाइएका थिए ‘कन्ट्र्याक्ट किलर’

काठमाडौं : गत असार १ गतेदेखि हराइरहेकी महिलाको हत्यामा उनकै श्रीमानको संलग्नता खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले हत्याको अभियोगमा पोखरा महानगरपालिका वडा नम्बर १५ कान्तिपुर चोकका ३५ वर्षीय रमेश नेपालीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

गत असार १ गते २७ वर्षीय लक्ष्मी परियार नेपाली कालिका चोकबाट हराएकी थिइन्। असार २ गते लक्ष्मीका श्रीमान् रमेशले खोजतलास गर्न प्रहरीमा उजुरी दिएका थिए। त्यस्तै लक्ष्मीकी आमाले पनि असार ११ गते छोरीको खोजी गर्न प्रहरीमा उजुरी दिएकी थिइन्। हराएको २५ दिनपछि लक्ष्मीको शव पोखरा महानगरपालिका वडा नम्बर २२ कर्कले जङ्गलमा फेला परेको थियो।

प्रहरीले घटनामा लक्ष्मीकै श्रीमानको शङ्कास्पद भूमिका देखिएपछि असार २५ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा श्रीमानले हत्या स्विकार गरेपछि उनले नै देखाएको स्थानमा कङ्काल भेटिएको प्रहरीले जानकारी दिएको छ।

किन भयो हत्या?

प्रहरीका अनुसार लक्ष्मीका श्रीमान् रमेश साली नाता पर्ने अनु परियारसँग प्रेम सम्बन्धमा थिए। गुपचुपमा रहेको सम्बन्ध एकाएक श्रीमती लक्ष्मीको कानमा पुग्यो। अनुले सम्बन्ध बाहिर ल्याएको र बदनाम भएकाले दिदी (लक्ष्मी)लाई ‘साइड’ लगाउनु पर्ने प्रस्ताव गरिन्।

अनुको कुरा रमेशलाई पनि ठीकै लाग्यो। त्यसपछि उनीहरूले लक्ष्मीको हत्या गर्ने योजना बनाउन सुरु गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। तर, हत्या दुईजनाले मात्र गर्न सम्भव नदेखेपछि रमेशले मोबाइल पसल सञ्चालन गर्दै आएका सञ्जय शर्मालाई योजना सुनाए। त्यसपछि लक्ष्मीको हत्याको योजनाले पूर्णता पाउन थाल्छ।

उनीहरूको योजना मुताबिक सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्बर ३ तीनघरिया घर भएका चितनरन्जन साह पनि जोडिन पुगे। पोखरा ९ पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गरेर बसेका साहले भारतबाट मानिस झिकाउने जिम्मेवारी लिए। उनले हत्याका लागि १० लाख रुपैयाँको जोरजाम गर्न समेत रमेशलाई भने।

योजना अनुसार जेठ ३० गते तीनजना भारतीयहरू पोखरा आइपुगे। पोखरा ९ पृथ्वीचोकमा रहेको कोसी होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको थियो। तर, होटेलको रजिष्ट्रेशनमा भने उनीहरूको इन्ट्री देखिँदैन। भारतदेखि पोखरासम्म आउने र बस्ने व्यवस्था सञ्जय र चितरन्जन मिलाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

पूर्व निर्धारित योजना अनुसार जेठ ३१ गते रमेश नेपालीले सञ्जयलाई १ लाख रुपैयाँ दिए। हत्या गर्ने स्थान खोज्नको लागि पोखरा २२ स्थित कर्कले जङ्गलमा रमेश, सञ्जय, चितरन्जन र तीन जना भारतीय पुगेर फर्किएको अनुसन्धानमा खुलेको छ।

असार १ गते बिहान रमेश नेपाली र सञ्जय शर्मा हल्लन चोकमा रहेको पोखरा बाइक रेन्ट प्रालिमा गई स्कुटर भाडामा लिए। ग ११ प ८००३ स्कुटर भाडामा लिएर उनीहरु फेरि पोखरा ९ नयाँबजारमा रहेको दीपक कार डेकोरमा कार भाडामा लिन पुगे। त्यहाँबाट ग १ च २३६३ नम्बरको कार भाडामा लिई कोसी होटेल पुगेन्। कार चलाउने काम सञ्जय शर्माले गरेको देखिन्छ। होटलबाट ३ जना भारतीय र चितरन्जन साह समेतलाई गाडीमा हाली कर्कले भन्ने जङ्गलतर्फ लागे।

यता रमेश नेपाली स्कुटर लिएर मोबाइल पसलमा गई श्रीमतीलाई खुट्टामा भएको एलर्जी निको पार्ने जडीबुटी खोज्न जङ्गलतर्फ जाऊँ भन्दै फकाएर जंगल लिएर गए। उनीहरुले पोखरा-२२ स्थित कर्कले जङ्गलमा पुगेर केही समय जडीबुटी खोजेको जस्तो नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

योजनाअनुसार जङ्गलमा पुगेका भारतीय नागरिकले मुख र आँखामा सल बाँधी चक्कुले घाटी रेटेर हत्या गरेको अनुसन्धानमा देखिएको छ। हत्यापछि लासलाई जङ्गलमै छोडी रमेश बाटोमा गएर सञ्जय शर्मालाई ५ लाख दिएको र ४ लाख केही दिनपछि दिने सहमति भएको खुलेको समाचार पहिलो पोस्टमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution