कांग्रेस नेताको दबाबमा कोठी सञ्चालक सुनबहादुर तामाङको रिहाई

काठमाडौं । भारतको मुम्बई शहरमा चार ओटा कोठी सञ्चालन गदै नेपाली चेलीलाई यौन धन्दामा संग्लन्न गराउदै आएका नुवाकोट कांग्रेसका एक वडा अध्यक्षलाई उच्च अदालत पाटनले राजनीतिक दबाबका आधारमा सफाई दिएको तथ्य खुलेको छ ।
उच्च अदालत पाटनका न्यायधिसद्धय रमेशबहादुर थापा र हरिप्रताप केसीको संयुक्त इजालसले दुई दिन अगाडी ति वडा अध्यक्षलाई सफाई दिएको हो । राजनीतिक प्रभावमा अदालतबाट सफाई पाउने वडा अध्यक्ष हुन्, –नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का काग्रेसबाट निर्वाचित वडा अध्यक्ष सुनबहादुर तामाङ ।
उनीविरुद्ध तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । पक्राउ पछि नै उनले मुम्बईमा चार ओटा कोठी सञ्चालन गदै आएको तथ्य बाहिरिएको थियो । यस अगाडी उनलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्ष छ महिना कैद सजाँय र रु २ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।
जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले २०७४ सालमा उक्त सजाय सुनाएको थियो । उनको रिहाईका लागि काग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा नुवाकोट काग्रेसका नेताहरु डा रामशरण महत लगायतले देउवालाई दबाब बढाएका थिए । तर जिल्ला अदालत नुवाकोटले ३७ वर्ष ६ महिनाको कैद सँजया सुनाएपछि भने उनलाई रिहाईका लागि तत्कालिन काग्रेस नेतृत्वको सरकारले आँट गर्न सकेको थिएन ।
तर यो बीचमा अदालतसँगको साँठगाँठका आधारमा उनलाई अहिले सफाईको वातावरण मिलाउने काममा काग्रेस नेताहरु अर्जुननरसिंह केसी, डा रामशरण महत, नुवाकोट काग्रेस सभापति जगदिशनरसिंह केसी लगायतका नेताहरु लागेका थिए । त्यही क्रममा जेठ ३० मा उच्च अदालत पाटनले तामाङलाई रिहाईको आदेश दिएको हो ।
अदालतको आदेशमा तामाङ रिहाई भएपछि नुवाकोट काग्रेसले उनलाई अहिले खादा लगाउने र रेष्टुरेण्टमा जाड पार्टी गराउने सम्मका काम गरिरहेको छ । उनको रिहाईमा काग्रेस नेता अर्जुननरसिंह केसी र जगदिशनरसिहं केसी आफै खटिएका थिए । पछिल्लो पटक २०७४ पुस पहिलो हप्ता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तामाङलाई दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । त्यसलगत्तै काग्रेस नेताहरु केसी, महतलगायतले तामाङको पक्राउले नुवाकोट काग्रेसलाई घाटा पु¥याएकोले जसरी पनि छुटाउनु पर्ने भन्दै दौडधुप बढाएका थिए । अहिले पनि तामाङको भारतमा चार ठाउमा कोठी सञ्चालनमा छ ।
कहाँ–कहाँ छन् कोठी ?
प्रहरीका अनुसार, तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् ।

(सुनवहादुर जेलवाट रिहाई भएर निस्केपछि । टोपी लगाउने तादी गाउपालिका ६ का काग्रेसवाट निर्वाचित वडा अध्यक्ष केशव थापा, अर्काे टोपी नलगाएका गाउ पालिका अध्यक्ष योविन्द्रसिंह तामाङसहित सुनवहादुर जेलवाट रिहाई भएर निस्केपछि )
टोपी लगाउने तादी गाउपालिका ६ का काग्रेसवाट निर्वाचित वडा अध्यक्ष केशव थापा, अर्काे टोपी नलगाएका गाउ पालिका अध्यक्ष योविन्द्रसिंह तामाङसहित पीडितको बयान अनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् । ‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङको भनाई छ ।
विष्णुका अनुसार, सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्’ विष्णुले भने ।
मुद्दा खेपिरहेका बेला कांग्रेसबाट विजयी
स्थानीय निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसबाट निर्वाचित ५० वर्षीय तामाङ मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा खेपिरहेका थिए । मानव बेचबिखनमा संलग्न भएको भन्दै ५ वैशाख ०७१ मा नुवाकोट जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित ३७ वर्षीया एक महिलाले तामाङसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् । १० महिनाअघि पक्राउ परेका तामाङ ६ लाख धरौटी राखी रिहा भएका थिए ।
स्थानीय निर्वाचन अगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर उनी निर्वाचित भएका थिए । सो मुद्दामा तामाङले जिल्ला अदालत विदुरमा आफैँ उपस्थित भएर मासिक रूपमा पेसी लिइरहेको जिल्ला अदालतका स्रेस्तेदार महिमानसिंह बिष्टले बताएका थिए ।
यस्तो छ सुनबहादुरको विगत
०५३ मा प्रहरीले सुनबहादुरसहित चारजनालाई झापाको काँकडभिट्टामा नियन्त्रणमा लिएको थियो । नुवाकोट घ्याङफेदीका चार नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत लैजाँदै गर्दा त्यसबेला नै उनीहरु प्रहरीको घेरामा परेका थिए । सुनबहादुरसहित तीनजना प्रहरीको आँखा छलेर फरार भए । प्रहरीले निमा लामा तामाङलाई पक्राउ ग¥यो । अदालतको आदेशबाट निमा जेल चलान भए ।
सोही मुद्दामा नुवाकोट जिल्ला अदालतले २६ असोज ०६८ मा सुनबहादुरलाई ६ वर्ष कैद सजायसहितको फैसला सुनायो । तर, उनी फरार नै रहे । नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के । उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरबिरुद्ध उजुरी गरे ।
प्रहरीले उनलाई पक्राउ ग¥यो । तर, अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा उनी छुटे । त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन् । पछि २०७४ पुसमा थप पीडित महिलाले प्रहरीमा उजुरी गरेपनि उनी वडा कार्यालयबाटै सिविआईको टोलीबाट पक्राउ परेका थिए ।
जिल्ला अदालत नुवाकोटले तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।
छोरा पनि मानव बेचबिखनमा सजाय भोग्दै
प्रहरीका अनुसार उनका छोरा रमेश तामाङ पनि मानव बेचबिखनमा संलग्न छन् । उनी अहिले मानव बेचबिखन मुद्दामा नुवाकोटस्थित कारागारमा सजाय भोगिरहेका छन् ।
-सफल खबरबाट