हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रेमिकालाई भेट्न भित्तो चढेर नवौं तल्ला पुगेको युवक, पतिलाई देखेर चिप्लेर लड्दा मृत्यु

काठमाडौं – भारतको मुम्बईमा विवाहिता प्रेमिकालाई भेट्न एक युवक नवौं तल्लाको झ्यालमा झुण्डेर बसिरहेको थियो ।

अचानक उसको आँखा प्रेमिकाको पतिमा पर्‍यो । अनि उसले भित्तोबाटै तल आउन खोज्यो । तर अहिले मुम्बईमा पानी परिरहेकोले भित्तोबाट चिप्लिएर उक्त युवक भुइँमा बजारियो । घटनास्थलमै उसको मृत्यु भयो ।

प्रहरीले यसलाई दुर्घटनाका कारण भएको मृत्युका रूपमा लिएर अनुसन्धान गरिरहेको छ । 

प्रहरीका अनुसार, १९ वर्षीय युवक नियाज शेख दुई वर्षअघि बिहारबाट मुम्बई आएको थियो । ऊ आफ्नो मामासँग अग्रिपाडाको एक भवनमा १५औं तल्लामा बस्थ्यो । 

त्यसै भवनमा २४ वर्षीया एक विवाहिता पनि बस्थिन् । विवाहितासँग नियाजको प्रेमप्रसंग चलिरहेको थियो । दुई महिनाअघि मामाले नियाज महिलाको कोठामा गएको देखेपछि गाली गरेका थिए । अनि मामाको आँखा छल्न ऊ भवनको पछिल्तिरको भित्तो चढेर महिलाकहाँ जान थालेको थियो । 

मंगलवार पनि ऊ प्रेमिकालाई भेट्न नवौं तल्लामा गयो । तर प्रेमिकाको पति देखेपछि ऊ फर्किन खोज्यो । तर त्यसक्रममा ऊ चिप्लियो र तल बजारियो । 

महिलाले केही खसेको आवाज सुनिन् तर पति सँगै हुनाले सोधखोज गरिनन् । 

घटना निकै राति भएको हो । भवनको चौकीदारले साढे २ बजेतिर ट्यांकीमा पानी भर्न जाँदा भुइँमा लडिरहेको युवक देखे । उनले तत्कालै प्रहरीलाई खबर गरे । युवकलाई नायर अस्पताल लगियो । त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।

प्रहरीका अनुसार, मृत युवक ल्याब असिस्टेन्टका रूपमा काम गरिरहेका थिए । 

एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution