हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

राजनीतिक दृस्ठिकोणमा अबको घेदुङ र नेतृत्वमा हुनेपर्ने सोच

सरोज मोहन लामा तामाङ 

भनिन्छ नी “यदि तपाईंको लक्ष्य पूरा भैरहेको छैन भने बाटो परिवर्तन गर्नुहोस्, लक्ष्य होईन, किनभने रुखले आफू नमरुन्जेल पात परिवर्तन गरिरहन्छ जरा र हाँगा होईन” त्यस्तै नेपाल तामाङ घेदुङ २०१३ सालमा स्थापन भएको ईतिहास भएता पनि विशेष त २०४६ सालको जनाआन्दोलनको परिवर्तन पछि सक्रिय पुर्बक निरन्तर तामाङ समुदायको हितमा अहोरात खटिएको देखिन्छ । तर पनि कहिलेकाही घेदुङमा लागेका हालसम्मका नेतृत्व बर्गमा राजनीतिक दृस्ठिकोणमा दीर्घकालीन सोच र लक्ष्य प्राप्तिको सवालमा प्रायः स्थीरता, गम्भीरता, निरंतरता र सक्रियतामा कम देखिन्छ । त्यसमा तपाईं हामी सबै पर्छौ तर कति कम कति बढीमात्रै हो भागीदार । त्यसैको फलस्वरूप नेपाल तामाङ घेदुङ नबौ महाधिवेशनको संघारसम्म आईपुग्दा हालको जगेडा नेतृत्वहरुमा निराश, हतोत्साहित र थकित सोच अनुहार बोली व्यबहार प्रायः देखिन थाल्यो ।

जसको ज्वलन्त उदाहरण हो घेदुङले किन गर्नसकेन भन्ने तत्कालीन अध्यक्ष र नवौ महाधिवेशन आयोजक कमिटीको संयोजकको लेख र हामी गर्न सक्छौ भन्ने तत्कालीन बिदेश बिभाग प्रमुखको लेखबाट हामीले अनुमान लगाउन सकिन्छ । दुबै लेख अध्ययन गरिसकेपछि मलाई चाहिँ एउटा बहर गोरु र जोतिरहेको गोरुको कथा याद आयो । त्यतातर्फ पछि बहस गरौला । अब लागौ विषयबस्तु तर्फ :-

घेदुङले केपी ओली, पुस्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा आदि आदि राजनीतिक दलको प्रमुखसंग खालमा बसेर सत्ताको लागि जुवा खेल्ने काम सायदै नसोच्नुपर्ने हो । अर्थात घेदुङ राजनीति पार्टी होईन र हुनै सक्दैन । राजनीतिक पार्टीका प्रमुखसंग सत्ताको लागि प्रतिस्पर्धा गर्न वा जुवा खेल्ने त त्यही राजनीति पार्टीका कार्यकर्ता नेता वा अर्को राजनीति पार्टीका कार्यकर्ता नेताले होला । अर्थात बयाल गाडा चढेर अमेरिका पक्कै पुगिदैन होला, त्यहाँ पुग्न त हवाई जाहाज नै चड्नु पर्ला । घेदुङमा बसेर राजनीतिक दलका प्रमुख नेताहरुलाई सत्ताको लागि जुवा खेल्नुहुन्न समतायुक्त प्रतिस्पर्धा र समानुपातिक समाबेशी सिद्धान्त अनुसार सबै बर्ग, जातजाती, लिङ्ग, क्षेत्रको राज्यको सबै निकायमा प्रतिनिधित्व गराउनु र पहिचान दिलाउनु है भनेर सम्झाउन सम्म सकिन्छ । सत्ता पाउन म पनि जुवा भिड्छु भनेर टुंडीखेल हुँदै सिंहदरबारमा ल्होछार मान्ने, यदि नसकेमा बिद्रोह गर्दै तोप गोला बन्दुक बोकेर जंगल पस्ने आदि आदि राजनीतिक क्रियाकलाप घेदुङ र घेदुङको नेतृत्वले सायद भन्ने र गर्ने काम होईन होला । 

भनिन्छ नी गलत प्रश्नको सहि उत्तर कहियै आउदैन, पाउदैन र गलत स्कुलिङले तामाङ समुदायको एकता कहिल्यै हुन्न माग र अधिकार पूरा हुने कुरा त परै जावस । त्यसैले हामी विविधतामा एकता खोज्ने हो । त्यस एकतामा समतायुक्त प्रतिस्पर्धालाई स्वीकार्दै केही समय समतायुक्त नभएसम्म समानुपातिक समाबेशी ईन्द्रेनी रंग रोज्ने हो । गलत नेतृत्वबाट लक्ष्य प्राप्ति होईन दुर्घटना निम्तिन सक्छ । त्यसैले सहि समयमा सहि ठाउँमा सहि निर्णय लिनसक्ने सहि नेतृत्व चाहिन्छ । 

घेदुङले के गर्ने ? र के गर्न सक्छ ? अनि घेदुङले के नगर्ने ? र के गर्नै सक्दैन ? त्यसमै दुबिधा देखिन्छ । कहिले घेदुङ राजनीति पार्टी जस्तो कहिले प्रतिपक्ष जस्तो त कहिले सत्तापक्ष जस्तो देखिन्छ तर हुनेपर्ने के हो त घेदुङ ? भन्दा घेदुङ एउटा तामाङ समुदायको साझा सामाजिक संस्था भएकोले तामाङ समुदायको जायज र सकारात्मक माग अनि अधिकारको पक्षमा सबै राजनीतिक दल, सत्तापक्ष र प्रतिपक्ष सबैलाई बृफिङ र लबिङ गरेर राष्ट्रिय माहोल तामाङ समुदायको जायज र सकारात्मक माग अनि अधिकारको पक्षमा बनाउने हो । अझ तामाङ समुदाय बाहेक अन्य समुदाय विशेष गरी क्षेत्री बाहुन समुदायलाई समेत तामाङ समुदायको जायज अनि सकारात्मक माग र अधिकार सहि रहेछ भनेर हाम्रो साझा र जायज मागको पक्षमा कन्भिन्स गराउने हो न कि बायस विभेद र पक्षपात गराएर/बनाएर चिडाउने बिच्काउने । हामीले हाम्रो जायज र सकारात्मक अधिकारको बहस र पैरवी गरेर माग राख्दा अन्य समुदायको अधिकारमा हनन बाधा र असर नगरोस् र नपुगोस मुख्य ख्याल गर्नुपर्ने विषय यो हो । त्यसैले घेदुङ सत्तापक्ष वा प्रतिपक्ष वा राजनीतिक दल जस्तो नभएर घेदुङ घेदुङै जस्तो देख्नुपर्दछ/हुनुपर्दछ । जहाँ जुनसुकै पार्टीमा लागेका तामाङहरुले, संसारका जुनसुकै मुलुकमा अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने तामाङहरुले र नेपालमा भए सबै तामाङ जाती लगायत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु अनि जात जाति समुदाय सबैले घेदुङलाई असली सामाजिक न्यायको अभिभावकत्व र विविधतामा एकता बनाउन सक्ने प्रगतिशील समाबेशी समानुपातिक समतायुक्त प्रतिस्पर्धी समेतको प्रतिनिधित्व गर्ने पहिचान भट्ने द्वन्द मेट्ने अधिकारको पैरबी र माग उठाउने सामाजिक न्यायको प्रतीकको रूपमा देखुन, हेरुन र सोचुन ।

(लेखक:सरोज मोहन लामा तामाङ अध्यक्ष-ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाज / केन्द्रिय सदस्य-नेपाल तामाङ घेदुङ हुनुहुन्छ )

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution