हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

म माथि लागेको आरोपको प्रतिवाद गर्दै, तामाङ महिलाको ईज्जत र प्रतिष्ठाको पक्षमा बोलेको हुँ : प्रचन्ड

याम्बु – नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले हालसालै चितवन जिल्ला भरतपुर महानगरपालिकाको चौथो नगर सभालाई सम्बोधन गर्ने क्रममा विगतमा विप्लवले आफु संग राखेको भनाइ सम्झदै “नुवाकोटको एउटा भर्खरको चाहि तामाङनी केटीलाई काठमाण्डौ लगेर म बिबाह गर्छु भनेर मुम्बई पुर्याषइए जस्तै फिल भयो”भनि भनेको अभिव्यक्ति उदाहरणको रुपमा प्रस्तुत गरेको सम्बन्धमा तामाङ समुदायबाट बिरोध भैइरहेको सवालमा २०७६ असार २१ गते नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) को संसदीय दलको बैठकमा माननीय सांसद शान्ति पाख्रिनले पार्टी अध्यक्ष प्रचन्डसँग तामाङ महिला सम्बन्धीको प्रसंगबारे विषय उठाएपछि अध्यक्ष प्रचन्डले आरोपको प्रतिवाद गर्दै यसबारे स्पस्ट पार्नु भएको छ |

नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रचन्डले राख्नु भएको भनाई जस्ताको तस्तै :

फाइल फोटो

माननीय शान्ति पाख्रिन जीले एउटा प्रश्न उठाएको हुनाले एउटा प्रश्नको बारेमा मात्रै प्रष्ट पार्न खोजेको हो मैले, बाँकी कुरा प्रधानमन्त्री जी ले राख्नु हुनेछ ।

त्यो विषय जसरी मिडियामा या प्रचार भयो, विषय त्यस्तो होइन र थिएन । मैले नेपालमा शान्ति सम्झौता गरेर संविधान निर्माण प्रक्रियामा पार्टीलाई लिएर आउने कुरालाई हिजो एउटा प्रसंगमा पार्टी भित्र छलफल चल्दा एकजना कमरेडले त्यतिबेला मलाई लगाको आरोप हो त्यो । ‘नुवाकोटको एउटा तामाङलाई तामाङनी महिलालाई झुक्याएर फकाएर काठमाडौं लगेर विवाह गर्छु भनेर काठमाडौं ल्याउने भनेर ल्याएको तर पु¥यायो बम्बइ’ भन्ने आरोप म माथि लागेको आरोप हो । र मैले के भन्यो भने ‘मैले त्यसो गरेको छैन । मैले पार्टीलाई शान्ति सम्झौतामा ल्याएर संविधान सभामा ल्याएर, नुवाकोटको महिलालाई फकाएर कतै बम्बई पु¥याएको जस्तो काम होइन, मैले त बरु सवैलाई काठमाडौंमा ल्याएको छु’ भनेर मैले दिएको प्रति उत्तरको कुरा गरेको हो ।

त्यसकारण मैले त बरु तामाङ महिलाको इज्जत प्रतिष्ठाको पक्षमा पो बोलेको हो मैले । म माथि आरोप लगाउनेले पो बरु ‘नुवाकोटको महिला’ भनेर त्यो आरोप लगाएको हो । तर मैले त्यो कुरा भन्दा त्यसलाई कुन ढंगले लियो, मानौं मैले तामाङको महिलालाई बम्बई पु¥याउन खोजेको भन्या जस्तो गरी दुष्प्रचार गरियो । त्यो गलत हो । माननीय सदस्यलाई पनि के हो भन्ने परेको रहेछ । त्यो विल्कुल गलत कुरा हो । मैले त्यहाँ जोड दिएर पनि बोलेको थिएँ, ‘मैले त सवैलाई काठमाडौंमै ल्याएको छु भनेको शान्ति सम्झौतामा ल्याएर मैले गल्ती गरेको छैन ।’ त्यसो गरेर त मैले सवै महिलाको सम्मान नै गरेको छु भनेको हो मैले । त्यसलाई त्यो कुरा प्रसंगलाई अलि तोडमोड गरेर प्रचार चै भयो । मलाई दुःख लागेको छ । माननीय सदस्यले यहाँ त्यति उठाई दिनु भएर मैले प्रष्ठ पार्ने मौका पाए धन्यवाद । म अहिले यति मात्रै राख्छु ।

नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रचन्डले राख्नु भएको भनाई जस्ताको तस्तै (भिडियो)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution