मिस जनजाति २०१९ को ताज एलिजा गुरुङलाई

गोरखा : मिस जनजाति २०१९ को ताज गोरखा केरौंजाकी एलिजा गुरुङले पहिरिएकी छन्। राष्ट्रिय नाचघर जमलमा भएको प्रतिस्पर्धामा नौ जनालाई पछि पार्दै गुरुङले मिस जनजातिको ताज हात पारेकी हुन्।
मिस भ्यूअर्स च्वाइस र मिस बेस्ट हेयर, बन्न सफल गुरुङले नगद ५० हजारसहित मेडल प्राप्त गरेकी छन्। फाइनलका लागि एलिजासँगै १० जना भिडेका थिए।
प्रतियोगितामा अप्सरा गोले फस्र्ट रनर अप र प्रेमकुमारी मगर सेकेण्ड रनर अप बने। उनीहरुलाई आयोजक संस्थाका सन्त लामा र गण्डकी प्रदेशकी सांसद मनकुमारी गुरुङले ताज पहिर्याएका थिए।
साथै धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले सम्मान गरेकी थिइन्। विभिन्न जातजाति, भेषभुषा, कला संस्कृति, रहनसहन, रीतिथितिको संरक्षण र राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य रहेको एलिजा गुरुङले बताइन्।