हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

टिकटकको करामत : बिछोडिएका पतिपत्नीबीच यसरी भयो पुनर्मिलन

काठमाडौं : सामाजिक सञ्जाल टिकटकले ३ वर्षदेखि बेपत्ता भएका एक व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराइदिएको छ । सन् २०१६ मा बेपत्ता भएका भारतीय नागरिक सुरेश तमिल नाडुको होसुर भन्ने सहरमा भटिएका हुन् । उनको घर तामिल नाडुकै भिल्लुपुरम जिल्लामा पर्छ । होसुर भिल्लुपुरमबाट करिब २०० किलोमिटर टाढा पर्छ ।

प्रहरीका अनुसार सुरेश सन् २०१६ मा घरबाट भागेका थिए । त्यसपछि उनी एक ट्रान्सजेन्डर महिलासँग सम्बन्ध रहेका थिए । उनका एक आफ्न्तले सुरेश होसुर भन्ने सहरमा ट्रान्सजेन्डर महिलासँग टिकटक भिडियोमा देखेपछि घरमा उनका पत्नीलाई खबर गरका थिए । अहिले सुरेश घर फर्किसकेका छन् । प्रहरीले आवश्यक परामर्श गरी पतिपत्नीबीच पुनर्मिलन गराइदिएको छ ।

‘हामीले जिल्लाको ट्रान्सजेन्डर संस्थासँग आवश्यक समन्वय गरी उक्त भिडियोमा देखिएकी ट्रान्सजेन्डर महिला पत्ता लगाउन सकेका थियौै,’ प्रहरीले भनेको छ । सुरेश घरबाट बेपत्ता हुने बित्तिकै लगत्तै उनको पत्नीले प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । सोही आधारमा खोजी गरिए पनि प्रहरी पत्ता लगाउन सकेको थिएन ।

तर टिकटकका प्रयोगकर्ता उनकै आफन्तले सुरेशलाई एक महिलासँग भिडियोमा रमाइरहेको फेला पारेका थिए । टिकटक एउटा यस्तो एप हो, जसमा भिडियो बनाइ सेयर गर्न सकिन्छ । यो एप अहिले युवापुस्ता माझ निकै लोकप्रिय छ । भारतमा मात्रै टिकटकका १२ करोड प्रयोगकर्ता रहेका छन् ।

(एजेन्सीको सहयोगमा)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution