तामाङ समाज क्यानाडाको नयाँ कार्यसमिति गठन ,अध्यक्षमा राजन तामाङ

- टोरोन्टो – क्यानाडा भरी छरियर रहनु भएका तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई समेटेर तामाङ भाषा ,धर्म , कला र संस्कृति जोगाई राख्ने हेतुले स्थापना गरिएको संस्थातामाङ समुदायको भाषा ,धर्म,भेषभुषा तथा कला संस्कृति र परम्परालाई सम्वर्द्धन र संरक्षण गर्ने मुख्य उद्धेश्यका साथ गत फेब्रुअरी (२०१९)मा तदर्थ समिति गठन गरी स्थापन भएको तामाङ समाज क्यानाडा (Tamang Soceity of Canada) को नयाँ कार्यसमिति गठन गरेको छ |
क्यानाडा स्थित Bramtom Ontario शहरमा १ जुलाई २०१९ (सोमबार) का दिन क्यानाडा डे (Canada Day)को अवसरमा पारेर आयोजन गरेको भेलाले राजन तामाङको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ | अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बिनु लामा तामाङ , महासचिवमा युवारेन्द्र मोक्तान तामाङ, सचिव संजिव मोक्तान तामाङ, कोषाध्यक्ष सीता तामाङ,सहकोषाध्यक्ष सानु लामा तामाङ,सदस्यहरुमा कमल मान्बा तामाङ,छिरीङ लामा तामाङ, माया मोक्तान तामाङ, बिबि राज लामा तामाङ र उर्मिला लामा तामाङ (माला) रहेका छन् |
यसैगरी सल्लाहकारमा डेरिक लामा तामाङ,उर्मिला लामा तामाङ,रामकाजी मोक्तान तामाङ,शोभा तामाङ र दावा लामा तामाङलाई मनोनयन गरेको छ |
क्यानाडामा रहेका सम्पुर्ण तामाङहरुलाई तामाङ समाज क्यानाडाको सद्स्यता बनाउदै आवद्ध गर्ने र कार्यसमितिको पदाधिकारीहरुबाट बार्शिक रुपमा लेबि उठाउने निर्णय गरेको उपाध्यक्ष बिनु लामा तामाङ ले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
गत फेब्रुअरीमा सोनाम ल्होछार (बदेल वर्ग) को अवसर पारी क्यानाडामा रहेका तामाङहरु बिच भेटघाट तथा परिचय गर्ने उद्धेश्य सहित भेलाको आयोजन गरी ल्होछार मनाउनुको साथै तामाङ समाज क्यानाडाको तदर्थ समिति गठन गरेका थिए |