हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अवैध यौन सम्बन्ध जोगाउन ‘कन्ट्र्याक्ट किलर’ लगाएर आमाको हत्या

काठमाडौं– भनिन्छ, ‘सन्तान कुसन्तान हुन सक्छन्, आमा कदापि कुमाता हुन्नन्।’यही उक्तिलाई पुष्टि गर्नेगरी घटना भयो, भक्तपुरको चाँगुनारायणमा।

असार १५ का दिन धेरैलाई धान रोप्ने चटारो थियो। ६१ वर्षीया सावित्री भट्टराई भने गृहणीको रुपमा घरमै थिइन् |

उनी आफ्नी कान्छी छोरी २७ वर्षीया ईश्वरी भट्टराई र ज्वाइँ सोनाम थापामगरको घर चाँगुनारायणमा बस्दै आएकी थिइन्। छोरी-ज्वाइले चाँगुनारायणमा घर बनाएको करिब डेढ महिना मात्रै भएको थियो। सावित्रीको जिम्मा ४ वर्षीय नाति दिप्सनलाई स्कुल पुर्‍याउने थियो।

१५ गते बिहानै छोरी ईश्वरी घरबाट निस्किसकेकी थिइन्। ज्वाइँले सिनामंगलमा होटल सञ्चालन गर्दै आएका थिए। उनी कहिलेकाहीँ मात्रै घर आउँथे। त्यसदिन उनी घर आएका थिएनन्।

सावित्रीको हत्या गरिएको घर

आइतबार घरमा नाति र सावित्री मात्रै थिए। बिहान साढे ९ बजे दुई युवक पुगे। तीमध्ये एउटालाई उनले पहिल्यैदेखि चिनेकी थिइन्। उनी थिए, सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसाद। नौसादसँग गएका अर्का व्यक्तिलाई भने सावित्रीले चिनिनन्।

नौसाद यसअघि पनि त्यस घरमा गइरहन्थे। सावित्रीसँग नौसादले डेढ लाख रुपैयाँ ऋण लिएर विदेश (दुबई) समेत गएका थिए। घरमा रेकी गर्न गएका नौसाद र सावित्रीबीच पैसाकै विषयमा सामान्य भनाभन पनि भएको थियो। त्यही विषयमा सावित्रीले कुचोले नौसादलाई पिटिन्।

त्यसपछि उनी नाति दिप्सनलाई स्कुल पुर्‍याउन बाटो लागिन्। उनीहरु पनि घरबाट बाहिरिए।

नातिलाई स्कुल पुर्‍याएर करिब आधा घन्टाबीचमा सावित्री घर फर्किइन्। त्यसको केही समयमै तीन युवा पुन: सावित्रीको घरमा प्रवेश गरे।

‘एउटाले हात समाते, अर्काले मुख थुने र अर्काल एकले सावित्रीको घाँटी रेटेर हत्या गरेको पाइयो,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले सोमबार पत्रकार सम्मेलनमा सुनाए।

सावित्रीको हत्या गर्दा करिब ११ बजिसकेको थियो। हत्या कसले किन गरेको रहस्यकै गर्भमा थियो। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान सुरु गरे। अन्तत: घटना भएको २४ घन्टा नबित्दै हत्यामा संलग्न ४ जना पक्राउ परे। हत्याको मुख्य योजना बनाएकी थिइन्, छोरी ईश्वरीले।

४ वर्षीय दिप्सनले बताए हत्याराको नाम

नौसादलाई सावित्रीले पनि चिन्थिन्। तर, उनको हत्या भइसकेको थियो। नौसादलाई घरमा देख्ने साक्षीको रुपमा ४ वर्षीय नाति दिप्सन मात्रै थिए।

‘नौसाद पहिला पनि पटकपटक आफ्नो घरमा आउने गरेकाले दिप्सनले सहजै चिन्ने गरेका रहेछन्,’ अपराध महाशाखाका डिएसपी रवीन कार्की भन्छन्, ‘दिप्सनले नौसाद आएको भनेर नाम लिएपछि अनुसन्धानमा थप सहज भयो।’

त्यसपछि प्रहरीले नौसाद को हुन्, के गर्थे भन्नेतर्फ अनुसन्धान बढाएको थियो।

अनुसन्धान क्रममा सिरहा घर भएका नौसाद डेढ महिनाअघि मात्रै दुबई गएको अनुसन्धानबाट खुलेको छ। तर, डेढ महिना दुबई गएको मान्छेबाट कसरी हत्या हुन सम्भव छ? अनुसन्धानमा खटिएका प्रहरी नै अलमलमा परे। नौसाद नेपाल आए/नआएको भन्ने यतिन्जेल प्रहरीलाई थाहा नै थिएन।

भाइसँगको त्यो कल, जसले खोल्यो पोल

नौसाद दुबईबाट काठमाडौं आएको असार १५ गते ९ दिनमात्रै पुग्दै थियो। त्यसबीच उनले कसैलाई फोन सम्पर्क गरेका थिएनन्। जसकारण उनी काठमाडौं आए/नआएको पत्तो थिएन। तर हत्याको एक-दुई दिनअघि मात्रै नौसादले आफ्ना भाइलाई फोन गरेका थिए।

दाइसँग भएको फोन सम्पर्कका बारेमा उनले ईश्वरीकी दिदी (हत्या गरिएकी सावित्रीकी साइँली छोरी) लाई सुनाएका थिए। साइँली छोरी हाल डिभोर्स गरेर बसेकी छिन्। नौसादका भाइ र उनको राम्रै चिनजानसमेत थियो। अनुसन्धानका क्रममा नौसाद काठमाडौं आएको र फोन सम्पर्कसमेत गरेको साइँली छोरीबाट थप पुष्टि भयो। त्यसपछि मोबाइल लोकेसनका आधारमा नौसाद आइतबार राति धादिङको गजुरीबाट पक्राउ परे।

नौसादकै बयानका आधारमा सावित्रीकी छोरी २७ वर्षीया ईश्वरी भट्टराई, भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई पक्राउ गरिएको हो।

अवैध यौन सम्बन्धको परिणाम

६१ वर्षीया वृद्ध सावित्रीको हत्याको मुख्य कारण यौन सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका नौसाद र ईश्वरीबीच एक वर्षदेखि चिनजान थियो। उनीहरु राजधानीको एक गार्मेन्टमा सँगै काम गर्थे। चिनजानकै क्रममा उनीहरुको सम्बन्ध प्रेममा बदिलियो।

एक वर्षदेखि नै उनीहरुबीच यौन सम्पर्कसमेत हुँदै आएको दुवैले स्वीकार गरिसकेका छन्।

आमा सावित्री हत्यामा संलग्न छोरी ईश्वरी

ईश्वरीका एक छोरा र श्रीमान् छन्। आमा सावित्रीलाई केही वर्ष पहिलादेखि नै श्रीमान्‌ले छाडेको र छोरा नभएकाले उनी कान्छी छोरी ईश्वरीकोमा बस्दै आएकी थिइन्।

सावित्रीका चार छोरी छन्।

यौन सम्पर्कसम्म भइसकेपछि ईश्वरी र नौसाद दुवैले एक-अर्कालाई छाड्न सकेका थिएनन्। त्यसका लागि बाधक बनेकी सावित्रीलाई हत्या गर्ने योजना अनुसार ईश्वरीले नौसादलाई डेढ महिनाअघि दुबई पठाएको एसएसपी थापा बताउँछन्।

‘नौसाद जाने बेला नै ईश्वरीले एउटा सिमकार्ड दिएकी थिइन्। डेढ महिनामा काठमाडौं फर्किसकेपछि यही सिम प्रयोग गर्नु, तर मलाई फोन नगर्नु, घर खाली गराउने व्यवस्था म गर्छु। त्यही मौकामा हत्या गरेर भाग्नु’ सावित्रीले नौसादलाई भनेका कुरा एसएसपी थापाले सुनाए।

आमा सावित्रीको हत्या गरेपछि श्रीमान् सोनामलाई पनि जापान पठाउने र आफूहरु आनन्दले काठमाडौंमा बस्ने योजना उनीहरुको रहेको प्रहरीले जनाएको छ।

१२ लाखामा डिल, सुको नलिई हत्या 

ईश्वरीकै आइडिया र योजनामा दुबई गएको डेढ महिनामै फर्किएका थिए, नौसाद। अब उनलाई सावित्रीको हत्या गर्नु थियो। सोही योजना अनुसार भोला कुमार र मोहम्मद रहिशलाई नौसादले १२ लाख रुपैयाँको सुपारी दिन्छन्।

रहिश नौसाका फुपूका छोरा हुन्। भोला भने काठमाडौं ढुंगेअड्डामा गार्मेन्टमै काम गर्छन्। उनीसँग पनि नौसादको पहिल्यै चिनजान थियो। १२ लाख रुपैयाँमा लोभिएर उनीहरु सावित्रीको हत्या गर्न तयार हुन्छन्। काम फत्ते भएपछि दाम दिने वचन नौसादले दिएका हुन्छन्।

सोही योजना अनुसार नौसादले सावित्रीको मुख थुन्छन्, भोलाले हात समाउँछन् र रहिशले चक्कुले घाँटी रेटेर हत्या गर्छन्।

हत्यामा प्रयोग गरिएको चक्कु र रगत लतपतिएका कपडा त्यसपछि उनीहरु फरार हुन्छन्।

भोला र मोहम्मद रहिशले राति १० बजेतिर आफूले पाउनुपर्ने १२ लाख रुपैयाँ खोइ भन्दै नौसादलाई फोन गर्छन्। तर, नौसाद त्यसअघि नै प्रहरी नियन्त्रणमा परिसकेका हुन्छन्।

प्रहरीले सिकाए अनुसार मकवानपुर पुगिसकेका उनीहरुलाई नौसाद भन्छन्, ‘पैसा लिएर आउँछु। बस्दै गर।’

१२ लाख लिने आसमा मकवानपुरमा कुरेर बसेका उनीहरुलाई पनि राति २ बजेतिर प्रहरीले पक्राउ गर्छ। त्यसपछि यो सबै हत्याको योजना ईश्वरीले गरेको बयान नौसादले दिन्छन्। आमाको हत्या भयो भन्दै नाटकीय रुपमा आँसु झारेर बसेकी ईश्वरीलाई पनि राति नै प्रहरीले घरबाटै पक्राउ गर्छ। @ नेपाललाइभ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution