इजरायलमा २५ औ विश्व आदिवासी दिवस मनाउने तयारी

तेलअविव – नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले बिगतको बर्षहरु झैँ यस बर्ष पनि २५औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने भएको छ |
२५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै आगामी १६ अगस्ट २०१९ शुक्रबार का दिन तेल अभीव स्थित लेबन्दा ३२ ( तेस्रो तला ) को हलमा ”विश्वका आदिवासी जनजातिहरु एक हौ,आफ्नो भाषा,भेषभुषा,लिपि,कला,तथा,धर्म,संस्कृतिको संरक्षण् र सम्बर्धन गरौ,संयुक्त रास्ट्र संघ महासभाले सुनिस्चित गरेको आफ्नो हक र अधिकारको सदुपयोग गरौ” भन्ने मुल नाराको साथ मनाउने भएको छ |
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासि जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एबं शाखा विदेश प्रमुख गोबिन्द छन्त्याल आउनु हुने भएको छ |
कार्यक्रम रास्ट्रीय भेष-भुषामा झाकी सहित उपस्थित भै मातृभाषामा मौलिक नृत्यहरु प्रस्तुत गर्दै आदिवासी जनजातिहरुको बिषयमा प्रशिक्षण् तथा जानकारी मुलक कार्यक्रमको साथमा भब्यताको साथ् मनाउन नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको संयोजकत्वमा तयारी भैरहेको नेफिन इजरायलले जानकारी दिएको छ |
इजरायलमा कार्यरत सम्पूर्ण संघ संस्था,संगठन, मिडिया लगायत सम्पूर्ण नेपाली समुदायहरुमा उपस्थितिको लागि नेपाल आदिवासि जनजाति महासंघ (नेफिन) इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |