हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

हत्या प्रतिहत्याका दोषी पत्ता लगाउन नसक्दा राजनीतिक हत्याका घटना दाेहाेरिन सक्छ: अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गर्नुभएको छ ।

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक हत्या प्रतिहत्याका दोषी पत्ता लगाउन नसक्दा भविष्यमा त्यस्ता घटना दोहोरिन सक्ने भन्दै सजग गराउनु भएकाे छ ।

‘मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भए पनि आजसम्म हत्यारा किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसक्दा भोलि पनि त्यस्तै घटना दोहोरिन सक्छ,’ उहाँले भन्नुभयाे । नेपालको इतिहासमा उच्च राजनीतिक हत्या प्रतिहत्याका भयानक र लामो श्रृंखला भएको उल्लेख गर्दे अध्यक्ष दाहालले ठूला ठूला राजनीतिक हत्या प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिलेसम्म सफल हुन नसकेको धारणा राख्नुभयाे ।

मदन भण्डारी हत्या, उहाँका चालकको हत्या अनि दरबार हत्याकाण्ड भइसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै उहाँले गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अहिलसेम्म हत्यारा पत्ता लगाउन किन सकेनाैँ । के ले दिँदैन हामीलाई ? जनताले नदिएको त पक्कै होइन । हामी अहिले सरकारमा छौँ । सरकारको नेतृत्व गरेका छौँ तर भन्न सक्ने ठाउँमा छैनौँ । कमरेड मदन भण्डारीको रहस्यमय अवसान किन भयो र भोलि त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी हामीले किन गर्न सकिराखेका छैनौँ, मेरो प्वाईन्ट त्यहाँनिर हो ।’

उहाँले राजाविरुद्ध बोल्न सक्ने र वैदेशिक प्रतिक्रियावादीलाई पनि ठाडै लल्कार्न सक्ने हैसियत राख्नसक्ने नेता पनि भएकाले प्रतिक्रियावादीहरुले हत्याको डिजाइन गरेको हो भनेर बुझ्न गाह्रो नभए पनि हत्यारा पत्ता लगाउन नसक्दा भविष्यमा पनि त्यस्ता घटना हुन सक्ने आंशका गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाइँ हामी यसलाई मदन भण्डारीको महानता ठान्छौँ कि कमजोरी? कमरेड मदन भण्डारीको देशभक्ति, उद्देश्यप्रतिको निष्ठा र प्रतिक्रियावादीहरु प्रतिको उहाँको वर्ग दृष्टिकोण हो, त्यो । त्यस अर्थमा उहाँ महान हुनुहुन्थ्यो भनेर नै हामी भन्छौँ । मलाई चिन्ता लाग्ने कुरो के हो भने कतै हामी आजभोलि आफ्नो छाला बचाउनतिर लाग्नेमा त छैनौँ ? भाषा नरम गरेर नरिसाउन प्रतिक्रियावादी भन्नेतिर पो जान लागेका त छैनौँ ? अहिलेसम्म हामी मारिएका छैनौँ । मारिन पनि सक्छौँ । यहाँ विचारणीय छ ।’

उहाँले वर्तमान सरकार जनताका आकांक्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुलाई सन्तुलन राख्ने प्रक्रियामा असफल भए दुई नेताको मात्रै असफलता नहुने भन्दै उहाँले सिंगो मुलुकको प्रणाली नै खतरामा पर्ने संकेत गर्नुभयो ।

उहाँले सबैखाले पुर्वाग्रह र संकिर्णतामाथि विजय हासिल गर्दै देश काल परिस्थितिको माग अनुसार मिल्नसक्ने जति सबै मिलाएर अघि बढ्ने संकल्प गर्नुपर्ने र यही पाठ नै मदन भण्डारीबाट सिक्नुपर्ने बताउनुभयो @ उज्यालो






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution