नेकपाका अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ इजरायल द्वारा प्रेस विज्ञप्ति जारी

तेलअविव – नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले हालसालै चितवन जिल्ला भरतपुर महानगरपालिकाको चौथो नगर सभालाई सम्बोधन गर्ने क्रममा विगतमा विप्लवले आफु संग राखेको भनाइ सम्झदै “नुवाकोटको एउटा भर्खरको चाहि तामाङनी केटीलाई काठमाण्डौ लगेर म बिबाह गर्छु भनेर मुम्बई पुर्याषइए जस्तै फिल भयो”भनि भनेको अभिव्यक्ति उदाहरणको रुपमा प्रस्तुत गरेको विषय प्रति नेपाल तामाङ घेदुङ,इजरायलको गम्भीर ध्यानाकर्षण भएको छ |
प्रेस विज्ञप्तिको पुर्ण अन्श :
हालसालै चितवन जिल्ला भरतपुर महानगरपालिकाको चौथो नगर सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा विप्लवले आफु संग राखेको भनाइ सम्झदै “नुवाकोटको एउटा भर्खरको चाहि तामाङनी केटीलाई काठमाण्डौ लगेर म बिबाह गर्छु भनेर मुम्बई पुर्याषइए जस्तै फिल भयो”भनि भनेको अभिव्यक्ति उदाहरणको रुपमा प्रस्तुत गरेको विषय प्रति नेपाल तामाङ घेदुङ,इजरायलको गम्भीर ध्यानाकर्षण भएको छ |
कुनै पनि उदाहरण प्रस्तुत गर्ने क्रममा देशको एक महत्वपूर्ण जिम्मेवार व्यक्तिले विषय बस्तुको संबेदनशीलतालाई हेक्का नराखी हल्का,फुल्का रुपमा लिई गर्वका साथ दिएको अभिव्यक्तिले सिङ्गो देश तथा विदेशमा रहेका लाखौं लाख राष्ट्रिय तामाङ समुदायको भावना र मर्म माथि चोट पुर्यालइएको छ । के तामाङ भएकै कारण इतिहासको २५०बर्षको लामो कालखण्ड देखी भोग्दै आएको असमानता,अन्याय र विभेदका दु:ख र कष्ट आजको २१ औ शताब्दीमा आउँदा सम्म पनि सबै शासकहरुले हेर्ने दृष्टिकोण व्यवहारमा नश्लीय गन्ध रहि रहने र भैरहने हो भने अब विश्व भरिका तामाङहरु एक्यवद्धता भई अपहेलित अन्याय,अत्याचार र विभेदको विरुद्ध लड्न तयार छौ । अब हामी कुनै पनि हालतमा दमन शोषण र विभेद सहन सक्दैनौं र सहने धैर्यता नरहेको र हाम्रो मुक्तिका लागी जस्तोसुकै अप्ठ्यारो ब्यबधान झेल्न हामी तप्तर रहने छौ | हामी र हाम्रो समुदाय प्रति धावा बोल्ने अधिकार अरु कसै संग नरहेको र यो कुराको नश्लीय शासकहरुले हेक्का राखीयोस् |
तसर्थ,आगामी दिनहरुमा जो कोहिले पनि देशका कुनै पनि राष्ट्रिय समुदायहरु प्रति सामाजिक सदभाव खलबलिने गरि कुनै किसिमको अभिव्यक्ति नदिन हुन हामी सबैमा हार्दिक आग्रह गर्दै नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफुले दिएको उदाहरण अभिव्यक्ति प्रति सार्वजनिक रुपमा माफी मागियोस् भनी जोडदार माग गर्दछौ |