प्रथम राष्ट्रिय तामाङ सम्मेलनका अध्यक्ष जुद्धवीर पाख्रीन तामाङको निधन

याम्बु – प्रथम राष्ट्रिय तामाङ सम्मेलनका अध्यक्ष जुद्धवीर पाख्रीन तामाङको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बुधबार निधन भएको छ ।
वि.सं.२०३६ सालमा तामाङ सेवा समितिको तर्फबाट पहिलो राष्ट्रिय तामाङ सम्मेलनको अध्यक्ष ,तामाङ अगुवा ,राजनीतिज्ञ एवं समाजसेवीको रुपमा जातिय उत्थान ,जागरणका लागि योगदान दिनु भएका जुद्धवीर पाख्रीन तामाङले तामाङ जाति पछाडि पर्नुको प्रमुखकारकतत्व गरिबी र अशिक्षा त्यसपछि राज्यले दिने सुविधामा अवसर नदिई विभेद भएकाकारण तामाङ जाति अघि बढन नसकेको बारम्बार तामाङ नेतृत्व ,अगुवा ,पत्रकार र सरोकारवालाहरु संगको भेटघाटको क्रममा आफ्नो बिचार राख्दै आउनु भएको थियो ।
स्वर्गीय पाख्रीनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष एवं नेता परशुराम तामाङ, पूर्व मन्त्री,सांंसद,नेपाल तामाङ घेदुङका पदाधिकारीहरु,पाख्रीन तामाङ समाजका पदाधिकारीहरु, तामाङ समुदायका अगुवाहरु पशुपति विधुतिय सब गृह पुगेका थिए ।
जुद्धवीर पाख्रीन तामाङ ताम्बा काइतेनका लेखक,इतिहाँसकार एवं कर्णेल स्वर्गीय सन्तविर पाख्रीनका सुपुत्र हुन् |