हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सिन्धुपाल्चोकमा ६० किलोमिटर लामो ‘नेपाली ग्रेटवाल’ बनाइँदै

काठमाडौं । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई लक्षित गरी ‘ग्रेट ट्रेल’ निर्माणको सोचका साथ लामो पर्खालले घेर्न सुरु गरिएको छ । हेलम्बु गाउँपालिकाले यसलाई पर्खाललाई ‘नेपाली ग्रेट वाल’ को संज्ञा दिएको छ ।

पर्खालको सुरुवाती एक सय मिटर निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । चालु आर्थिक वर्षमा सुरुवात गरेको महत्वकांक्षी पर्यटकीय परियोजना तीव्ररुपमा अघि बढाइने उनले जानकारी दिए ।

चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको लहर देखेपछि ‘हेलम्बु ग्रेटवाल’ को सोच आएको अध्यक्ष शेर्पा बताउँछन् । ६० किलोमिटर लामो हुने पदमार्गले समुन्द्री सतहबाट २५ सय उचाईमा पर्ने सेर्माथाङलाई पनि छुनेछ ।

हेलम्बुु गाउँपालिका १ बुद्घपार्कबाट सुरु हुने पदमार्ग ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर सकिने छ ।

पदमार्गमा स्थानीय स्लेट ढुंगा छापिने छ । छापिएको ढुंगामा स्थानीय संस्कृती झल्काउने शिलालेख खोपिने र हरेक खण्डमा दशवटा खुड्किला हुनेछन् । पर्यटक बिसौनी र रातको समयमा सोलार बत्ति ट्रेलको आकर्षणको रुपमा रहने गाउँपालिकाले जनाएको छ ।

ह्योल्मो जातिको लोपोन्मुख संस्कृति नेपालको हेलम्बुमा मात्रै देख्न पाइने र यहाँको गुम्बाहरु पर्यटकहरुको पहिलो आकर्षणको केन्द्र रहेकाले ट्रेलको उच्च महत्व रहेको अध्यक्ष शेर्पा बताउँछन् ।

सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई ग्रेट ट्रेलको पर्खालले घेर्ने छ । गोसाईकुण्ड र लाङटाङ पर्यटकीय पदयात्राको सिन्धुपाल्चोक प्रवेशद्वार पनि ग्रेट ट्रेलमा पर्नेछ । रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्लाका हिमशृखंला ग्रेट ट्रेलबाट हेर्न सकिने छ ।

पुसको दोस्रो साताबाट ट्रेलका अधिकांस क्षेत्रमा हिमपात हुन्छ । लोपोन्मुख वन्यजन्तु रेडपान्डा, प्राकृतिक र पर्यवरणीय दृश्य एवं स्थानीय धर्म, संस्कृति अवलोकन ट्रेलका विशेषता रहेको गाउँपालिकाले जनाएको छ ।

लागत कति ?

महत्वाकांक्षी परियोजनाको प्रारम्भिक १० किलोमिटर क्षेत्रको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) गाउँपालिकाले चालू आर्थिक वर्षमा निर्माण गरेको थियो । गाउँपालिकले बनाएको डिपिआरलाई टेकेर प्रदेश सरकारले पर्यटन पूर्वाधार शीर्षकामा चालू आर्थिक वर्षको बजेटबाट ५० लाख विनियोजन गरेको थियो ।

सोही बजेटबाट सुरुवाती एक सय मिटर ग्रेट ट्रेल निर्माण सकिएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए । उक्त परियोजनालाई आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्याक्रममा पनि गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष शेर्पाले बताए ।

यस वर्षको बजेटबाट एक करोड रुपैयाँ परियोजनालाई विनियोजन गर्ने तयारी गाउँपालिकाको छ । कुल एक अर्व लागत अनुमान गरिएको परियोजनाको लागि आवश्यक बजेटका लागि प्रदेश र संघिय सरकार एवं पर्यटन बोर्डलाई अपिल गरिएको गाउँपालिकाले जनाएको छ । परियोजना निर्माण सम्पन्न भएपछि हेलम्बू क्षेत्रका स्थानीयको आर्थिक हैसियातले काचुँली फेर्ने विश्वास गाउँपालिकाको छ ।

@ अनलाइनखबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution