हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अन्तराष्ट्रिय तामाङ परिषद पूर्वी एशियाको घोषणा पत्रमा के के छ ? (पूर्ण पाठ सहित हेर्नुहोस्)

याम्बु – अन्तर्राष्ट्रिय तामाङ परिषद पुर्वी एशियाको पहिलो ऐतिहासिक क्षेत्रीय सम्मेलन थाइल्याण्डको बैंकक शहरमा गत जुन २२ र २३ तारिखमा सम्पन्न भएको छ | सम्मेलनमा अन्तर्राष्ट्रिय तामाङ परिषद पुर्बी एसियाका ७ राष्ट्रका तामाङ सङ्गठनका प्रतिनिधिहरुको सहभागितामा रहेको थियो |

सम्मेलनबाट ५ बुँदे घोषणा पत्र जारी गरिएको छ | पूर्ण अंश यस्ता छन् –

तामाङ जातिको आदिम भूमि नेपालको ताम्सालिङबाट ऐतिहासिक उत्पीडन तथा विश्व भूमण्डलीकरणको प्रभावले पूर्वी एशियाको विभिन्न मुलुकमा बसोबास गर्न आइपुगेका हामी तामाङहरुको विशिष्ट सांस्कृतिक पहिचान (भाषा, धर्म, संस्कृति, परम्परा) लाई जीवन्त राख्ने प्रतिवद्धता ब्यक्त गर्दै,

सन् २००२ मा स्थापित अन्तर्राष्ट्रिय तामाङ परिषद्ले विभिन्न समयमा जारी गरेको घोषणा–पत्र तथा पछिल्लोपटक भारतको पर्यटकिय शहर दार्जिलिङ, मिरिकमा सम्पन्न ऐतिहासिक चौथो सम्मेलनबाट पारित कार्य योजनाको मूलभावनालाई आत्मसात् गर्दै,

तामाङ जीवन समाप्त गर्न दिन प्रतिदिन बढ्दै गईरहेको हिन्दूकरण, खसकरण, पश्चिमाकरण, तिब्बतीकरण र बाह्यकरणको अतिक्रमण तथा विश्व भूमण्डलीकरणबाट तामाङको मौलिक ज्ञान, परम्परालाई बचाउने र भावी पुस्तालाई हस्तान्तरण गर्ने द्रित संकल्प गर्दै,

तामाङ समुदायको एकताको आधार अन्तर्राष्टिय तामाङ परिषद्लाई सबैको अन्तर्राष्टिय साझा संगठनको रुपमा विकास गर्न पूर्वी एशिया अन्तर्गतको सबै तामाङ संघ÷संस्थाहरुलाई समेटेर लाने अठोट गर्दै,

अन्तर्राष्ट्रिय तामाङ परिषद्को केन्द्रिय कार्य योजनालाई कार्यान्वयन गर्न र पूर्वी एशिया अन्तर्गत बसोबास गर्ने सबै तामाङ समुदायको सुखदुःखमा क्षेत्रीय समन्वय समितिको निर्माण गरी एकआपसमा सहकार्य,समन्वय तथा हातेमालो गर्दै अघि बढ्ने सामूहिक कसम खाँदै,

हामी पूर्वी एशियाका तामाङ संघ÷संस्थाहरु तामाङ समाज थाइल्याण्डको आतिथ्यतामा बैंककमा सम्पन्न ऐतिहासिक प्रथम पूर्वी एशिया क्षेत्रीय सम्मेलनबाट निम्न बुँदाको बैंकक घोषणा–पत्र जारी गर्दछौ |

१. तामाङ सभ्यताको विकास भएको आदिम भूमि नेपालको ताम्सालिङलाई संघीय गणतन्त्र नेपालमा ताम्सालिङ प्रदेश निर्माण गर्न नेपाल तामाङ घेदुङ ताम्सालिङ संघर्ष समिति सहित विभिन्न संघ÷संस्थाहरुको पहलमा भएको आन्दोलनप प्रति ऐक्यवद्धता जनाउदै सबैखाले साथ, सहयोग, समर्थन उपलब्ध गराउदै जाने प्रतिवद्धता ब्यक्त गर्दछौ ।

२. तामाङ जातिको सामाजिक विकासमा टेवा पु¥याउन पूर्वी एशिया अन्तर्गत तामाङ संघ÷संस्था क्रियाशिल रहेको मुलुकहरुमा एक सदस्य संस्था – एक सहयोग संकलन कार्यक्रम ( ) – एक परियोजना र एक विपद् ब्यवस्थापन कोष निर्माण गर्नेछौ ।

३. पूर्वी एशियाको सबै मुलुकहरुमा चोहोको नेतृत्वमा ताम्बा, लामा र बोन्बो सम्मिलित एक सांस्कृतिक संयन्त्र निर्माण गरी अन्तर्राष्ट्रिय तामाङ परिषद्ले पारित गरेको साँस्कृतिक निर्देशिका अनुरुप सांस्कृतिक पुनर्जागरण दशकलाई प्रभावकारी रुपमा लागू गर्न प्रत्येक बर्ष प्रत्येक संस्थाले तामाङ सांस्कृतिक पुनर्जागरण कार्यक्रम र तामाङ भाषा, लिपि विकासको कार्यक्रम सञ्चालन गर्नेछौ ।

४. भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्टिय तामाङ परिषद्को विशेष पहलमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय तामाङ गुम्बा तथा नेपाल तामाङ घेदुङको पहलमा तामाङ जातिको विविध पक्ष झल्किने तामाङ सांस्कृतिक भवन निर्माणको कार्यमा सहयोग पु¥याउनेछौ ।

५. अन्तर्राष्ट्रिय तामाङ परिषदद्वारा पारित तामाङ स्वःविकास कार्यक्रमलाई लागू गर्न संसारभरिका ब्यापार÷ब्यवसायमा आवद्ध तामाङ ब्यापारीहरुको अन्तर्राष्टिय भेला सम्पन्न गर्न सबै प्रकारको सहयोग जुटाउने र तत्काल एक सदस्य संगठन–एक लगानी समूह निर्माण गर्नेछौ ।

अन्तमा, अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन सम्पन्न गर्न ब्यवस्थापन जस्तो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्बाह गर्नुहुने तामाङ समाज थाइलैण्ड परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । थुजेछे ।।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution