अन्तर्राष्ट्रिय तामाङ परिषद पुर्वी एशिया क्षेत्रीय सम्मेलन सम्पन्न,अध्यक्षमा अस्मिता वाईबा तामाङ
याम्बु – अन्तर्राष्ट्रिय तामाङ परिषद पुर्वी एशियाको पहिलो ऐतिहासिक क्षेत्रीय सम्मेलन थाइल्याण्डको बैंकक शहरमा सम्पन्न भएको छ |
पुर्बी एसियाका ७ राष्ट्रका तामाङ सङ्गठनका प्रतिनिधिहरुको सहभागितामा भएको सम्मेलन दुइ दिन सम्म चलेको थियो । सम्मेलनमा पुर्बी एसियाको क्षेत्रीय समन्वय समितिको गठन, छेत्रीय कार्य योजना र केन्द्रिय कार्य योजना माथी छलफल भएको अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिब रबिन लामा थिङ्ले बताउनु भयो ।
सम्मेलनमा नेपालबाट पुर्ब मन्त्री तथा प्रतिनिधि सभाका सांसद हित बहादुर तामाङ प्रमुख अतिथि, कोरियाका लागि नेपालका पुर्ब राजदुत कमान सिङ तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिसदका अध्यक्ष के एम तितुङ, नेपाल तामाङ घेदुङ्का अध्यक्ष मोहन गोले, सल्लाहकार सुजेन्द्र गोले, जापान तामाङ समाजका प्रमुख सल्लाहकार हवल चन्द्र तामाङ, तामाङ समाज युएई का उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, नेपाल तामाङ घेदुङ्का केन्द्रिय सचिब राम कृष्ण ब्लोन, गान्बा, ताम्बा र नेपाल बाट कलाकारहरु प्रेम लोप्चन, कृष्ण वाइबा र सोनम बज्युको पनि उपस्थिति रहेको थियो । सम्मेलन पुर्बी एसियाको ७ सदस्य संगठन राष्ट्रहरुले आआफ्नो गतिविधि र योजना सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सम्मेलन बाट परिसदका उपाध्यक्ष अस्मिता वाइबा लाई पुर्बी एसियाका समयोजक र हङ्कङ तामाङ घेदुङ्का अध्यक्ष बिस्वो घिसिङ तामाङलाई सचिबमा चयन गरियको छ । सम्मेलनले बोयस लामा (थाइल्यान्ड ), स्नेह तामाङ (कोरिया), दिप तामाङ(म्यान्मार),फुर्बा तामाङ ( मलेसिया ), हेम तामाङ (मकाओ), सदस्यमा चयन गरिएको छ । परिषदको अर्को क्षेत्रीय सम्मेलन गल्फ (खाडी) क्षेत्रको दुबई अथवा कतारमा गर्न सम्मेलनका अतिथी तथा तामाङ समाज युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ्ले शुभकामना मन्तब्यको क्रममा परिसदको केन्द्रीय समितिलाई माग गरिएको छ । सम्मेलमबाट पूर्वी एशिया क्षेत्रिया समितिको अध्यक्षमा अस्मिता वाईबा तामाङलाई निर्वाचित गरेको छ |
सम्मेलनबाट आगामी योजना र निति सहितको ५ बुँदे घोषणा पत्र जारी गरिएको छ