तमु समाज इजरायलको आठौ अधिबेशन हुदै , प्रमुख अतिथिमा तमु ह्युल छोज धीका केन्द्रिय अध्यक्ष रेशम तमु

तेलअविव – तमु समाज इजरायलको आठौ अधिबेशन आउँदो १२ जुलाई २०१९ (शुक्रबार) सेन्ट्रल बसपार्क स्थित एभेरेष्ट डिस्को हलमा हुने भएको छ |
आठौ अधिबेशनको लागि नेपालबाट प्रमुख अथिति तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम तमु आउनु हुने भएको छ |
आठौ अधिबेशन सांस्कृतिक कार्यक्रमको साथमा भाग्यशाली चिठ्ठा खोल्ने कार्यक्रम रहेको संस्थाकी महासचिव हरिमाया गुरुङले जानकारी दिनु भएको छ |
प्रवास भुमि इजरायलमा तमु समुदायको मौलिक भाषा, भेष-भूषा, कला, सस्कार, संस्कृति र पहिचानलाई जगेर्ना गर्ने मुख्य उद्धेश्यका “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” मूल नारा सहित तमु समाज इजरायल सन् 2006 सालमा स्थापित भएको संस्था हो |
प्रवास भुमि इजरायलमा तमु समाज इजरायलले तमु ल्होछार सहित विभिन्न कार्यक्रमहरु आयोजन गर्नको साथै नेपालमा विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गर्दै आईरहेको छ |
कार्यक्रममा इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभा तथा दिदीबहिनीहरुलाई उपस्थितको लागि हार्दिक निमन्त्रण गरेको छ |