रामेछापकी विमला तामाङ समता अस्पताल बौद्धमा झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौँ । सय रुपैयाँमा नागरिकको उपचार गर्दै चर्चामा आएको बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।
रामेछापको दोरम्बा घर भएकी विमला केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । मृतक तामाङका आफन्तले अस्पतालमा तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ ।
यता, अस्पतालका प्रशासनका कुमार बास्तोलाले भने भिडले आफूहरुलाई अस्पताल परिसर भित्र जान नदिएको हुँदा आफ्नै कर्मचारी झुण्डिएको होकी अरु नै भन्ने कुरा यकिन नभएको बताए ।
अहिले बौद्ध प्रहरीले भीडलाई नियन्त्रण लिने काम भइरहेको हुँदा प्रहरीको अनुसन्धान पछि नै सत्यतथ्य जानकारी हुने बास्तोलाले बताएको समाचार रातोपाटीमा छ |