हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेवारका ज्वाइँ नेता : पहिले छोरी माग्ने, अहिले गुठी मास्ने

रमन पौडेल

काठमाडौं : गुठी विधेयकको चौतर्फी विरोध भइरहँदा नेकपाका नेताहरु के सोचिराखेका होलान् ! अझै तिनका पत्नी र परिवारका सदस्यमा कस्तो गफगाफ होला ?

नेवार जातिको संस्कृति र सम्पदा नष्ट गर्ने ‘कम्युनिष्ट’ सरकारको दृष्टता हो भन्ने आरोप पनि छ । कतिपयले ‘कम्युनिष्टहरुले आफ्नो जात जनाए’ पनि भनेका छन् । धर्म, संस्कृति नष्ट गर्ने कम्युनिष्टको उद्देश्य नै हो भन्ने तिनको तर्क छ । भलै नेकपावालाहरु कम्युनिष्ट नभएको कुरा उनीहरुले स्वयं स्वीकार गरिसकेका छन् ।

यस्तो अवस्थामा गुठी भत्काउने नेकपा सरकारको योजनाभित्र संस्कृति, धर्म नष्ट गर्ने भन्दा पनि सम्पत्ति, सांगठनिक ‘इगो’ वा जमिनमाथिको ‘कब्जा’ चाहीँ हुनसक्छ ।

नेवार समुदायको वर्षौँ पुरानो इतिहास र संस्कृति जोडिएको गुठी परम्पराबारे यहाँ खासै चर्चा हुने छैन । बरु यो समुदायसँग सम्बन्ध गाँसेका नेताहरु नै आज किन यसरी गुठी भत्काउँदैछन् ?

खासमा नेकपामा पूर्व एमाले समूह हावी हुँदैआएको छ । गुठी विधेयकको योजनाको हिस्सेदार पनि पूर्व एमाले समूहकै नेताहरु पर्नु स्वभाविक भयो । अनौठो त के भने, पूर्व एमालेका थुप्रै नेताहरु प्रभावशाली छन्, जसले काठमाडौंका नेवारका छोरी विहे गरेका थिए ।

बुझ्दै जाँदा नेवार समुदायमा विहे गर्ने पूर्व एमलेहरुको लामै सूची रहेछ । मनमोहन अधिकारीदेखि सुरु भएको त्यो ‘अभियान’ पछिल्लो पुस्ताको नेता गोकर्ण विष्टसम्मै आइपुग्यो ।

त्यसो त, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नै नेवार समुदायसँग साइनो जोडे । काठमाडौंको आदिवासी नेवार समुदायलाई ससुराली बनाएका ओली नै आज नेवार सम्प्रदाय भत्काउने नेताको रुपमा आरोपित भएका छन् । ओलीकी पत्नी राधिका शाक्य नेपाल राष्ट्र बैंकको अधिकृत भएर पनि आफ्नो नेवार संस्कृति र परम्पराबाटा कहिल्यै टाढा छैनन् । यतिसम्म कि, धर्मसँग जोडिने कतिपय ‘अन्धता’ पनि उनलाइ प्यारो नै लाग्छ ।

पूर्वएमालेका अध्यक्ष झलनाथ खनालले पनि शाक्य परिवारलाई नै ससुराली बनाएका हुन् । भूमिगत कालमै इलामका बाहुन खनालले त्यसबेला ‘जनवादी विवाह’ गरेका थिए । संयोग कस्तो भने अमृत बोहराकी पत्नी अष्ठलक्ष्मी शाक्य नै झलनाथको विवाह गराउन लगभग लमी जस्तै बनेकी थिइन् ।

राजनीतिक पृष्ठभुमिबाट आएकी झलनाथकी श्रीमती रविलक्ष्मी पछि प्राध्यापनमा लागिन् भने अष्टलक्ष्मी श्रीमान अमृतसँगै पार्टीको होलटाइमर कार्यकर्ता बनिन् । अन्ततः सिन्धुपाल्चोकबाटै उनले आफ्नो राजनीतिक करिअर बनाइन् ।

ओखलढुंगाबाट काठमाडौं पढ्न आएका ईश्वर पोखरेल पढाइसँगै राजनीति पनि गरे । र राजनीतिसँगै प्रेम पनि गरे, त्यो पनि उपत्याकाकै नेवारकी छोरीसँग । पूर्व एमालेको महासचिव बनेका ईश्वरकी पत्नी मीरा ध्वजु पनि सांसद बनिन् । उता धादिङका सुरेन्द्र पाण्डेले पनि ललितपुरकी नेवारकी छोरी पूर्णसोभा चित्रकारसँग विवाह गरे । जब कि, पूर्णसोभा स्वयं राजनीतिमा थिइन् । पछि बिस्तारै राजनीति छोडेर ‘एनजीओकर्म’तिर लागिन् ।

शंकर पोखरेल पनि एमालेमा छँदा हर्ताकर्ता नेता नै थिए । एमालेको सचिव भए पनि पार्टीको निर्णय प्रक्रियामा हावी हुन्थे । उनै पोखरेलको ससुराली काठमाडौंकै नेवार समुदाय हो । विद्यार्थी राजनीतिबाट प्रभाव जमाएका पोखरेलले विद्यार्थी राजनीतिमै प्रेम सम्बन्ध गाँसेर सुजितासँग विवाह गरेका थिए ।

गुल्मीबाट आएका गोकर्ण विष्ट त्यस्तै नेता हुन्, जसले नेवार समुदायकै छोरी रोजे । विवाह गर्नेबेला विद्यार्थी राजनीतिमा जमिसकेका थिए । विद्यार्थी राजनीतिमा सक्रिय नभए पनि रुची राख्ने प्रतिमासँग उनले विवाह गरे । जो काठमाडौंकै रैथाने नेवारी छोरी थिइन् । प्रतिमा पढाउन थालिन् । गोकर्ण भने पार्टी राजनीति हुँदै सांसद, मन्त्री बने ।

प्रेमसँगै राजनीति पनि

स्मरणीय के छ भने, तत्कालिन माले आन्दोलनको समयमा भूमिगत राजनीति गरेका अहिलेका नेकपावाला नेताहरुलाई काठमाडौंकै रैथाने नेवारले संरक्षण दिएको हो ।
नेकपाका एक पुराना नेताका अनुसार काठमाडौंमा कसरी लुकेर राजनीति गर्ने भन्ने त्यसबेला उनीहरुको ‘अघोषित निर्णय’ नै थियो । अन्ततः नेकपा नेताहरु पढाइमा सफल नभए पनि प्रेम र राजनीतिमा भने सफल नै बने । र यो सफलतामा काठमाडौंको नेवार समुदायको ऐतिहासिक भूमिका नै ठहरिन्छ ।

अहिले तिनै पूर्वएमाले नेताहरुको ठूलो झुण्डमाथि अहिले काठमाडौंको नेवार समुदाय आक्रोशित बनेको छ । त्यसो त, गुठी विधेयक ल्याउनुमा उनै नेताहरुको भूमिका छ ।

चुनावी चलखेल

हरेक चुनावमा कम्युनिष्ट पार्टीमा हुने उटा महत्वपूर्ण खैलाबैला के हो भने, ‘काठमाडौंमा कसरी धेरै भन्दा धेरै क्षेत्र जित्ने ?’ यसका लागि उनीहरुले कठिन मेहनत पनि गरेकै हुन् । नेवारका गुठी, सम्प्रदाय, भोज, टोलटोलमा पुगेर अनेक नाता जोड्दै नेताहरुले भोट मागे ।

त्यसैले त, ‘ठूला’ नेताहरु सधैँ काठमाडौंमा बारम्बार चुनाव लडिरहे । जन्मे हुर्केको गाउँ, जिल्लालाई त चुनावी क्षेत्र बनाउँथे नै । राजधानी काठमाडौंलाई पनि वैकल्पिक क्षेत्रको रुपमा ‘दुरुपयोग’ नै गरे । जस्तो कि, माधव नेपालले एउटा खुट्टा रौतहटमा र अर्को खुट्टा काठमाडौंमा टेकिरहे ।

त्यसो त, काठमाडौंमा चुनाव जिताउन नेवार समुदाय मात्रै पर्याप्त नहोला, तर हराउन चाहीँ काफी हो । यसकारण पनि कम्युनिष्ट पार्टीका नेताहरु नेवार समुदायसँग विशेष सम्बन्ध बनाउन चाहन्थे । तर यहाँको नेवार समुदायलाई विद्यासुन्दर शाक्यले त धोका दिएकै थिए, तर नेवारका ‘ज्वाइँ’ ठानिएका प्रधानमन्त्रीले नै बेइमानी गरे । 

@ अन्नपुर्णपोस्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution