नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायलको पाँचौ अधिबेशन सम्पन्न,अध्यक्षमा भिमा थापा
तेलअविव – नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायलको ५औ अधिबेशन गत १४ जुन २०१९ (शनिवार) तेलअविवमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सानु खतिवडाको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी रहनुभएको थियो | यसैगरी बिशेष अतिथि नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रीय उपाध्यक्ष गणेश गिरी, एनआरएन आईसिसि सदस्य बिशाल ज्ञवाली ,निर्वाचन समिति संयोजक नयन सापकोटा,अतिथिहरुमा इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र मिडियाकर्मीहरु रहेका थिए |
कार्यक्रममा प्रमुख अतिथि शान्ता ज्ञवाली अधिकारी , विशेष अतिथि उपाध्यक्ष गणेश गिरी,बिशाल ज्ञवाली ,हरुले संघसंस्थाको प्रतिनिधित्व गर्दै संस्थाका आजिबन सदस्य जय ओडारी, संस्थाका आजिबन सदस्यहरुको तर्फबाट कृष्ण रायमाझी र अनलाइन मिडियाकर्मीको तर्फबाट अनिरुद्र सुबेदीले शुभकामना मन्तब्य राखेका थिए |
कार्यक्रममा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाण पत्र र मिडियाकर्मीहरुलाई प्रशंसा पत्र द्वारा सम्मान गरेका थिए |
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष अमिरा थापाले वार्षिक आयब्यय बिबरण प्रस्तुत गर्नुभएको थियोभने सस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष सानु खतिवडाले प्रस्तुत गर्दै निबर्तमान कार्यसमिति बिघटन गरि कार्यक्रमको समापन गरेका थिए ।
निर्वाचन समितीका संयोजक नयन सापकोटा,सदस्यहरु रेखा पन्त , दुर्गा बि.सि , इन्दिरा केसी र राजकुमारी श्रेष्ठले लोकतांत्रिक प्रक्रियाद्वारा कार्यसमिति निर्माण गर्न अहोरात्र खटेर सरसल्लाह र मार्गनिर्देश गर्दै नयाँ कार्यसमिति चयन गरेका थिए |
नयाँ कार्यसमितिमा अध्यक्षमा भिमा थापा चयन भएका छन् भने अन्य पदाधिकारीहरुमा क्रमश अध्यक्ष भिमा थापा,उपाध्यक्ष द्वय लक्ष्मी अधिकारी , गौरिमाया सुवेदी , सचिब कुसुम रिचा,सहसचिब कुमार पौडेल,कोषाध्यक्ष अमिरा थापा,सहकोषाध्यक्ष गिता तिमल्सिना,सदस्यहरुमा सरिस्मा बराल ,देब घिमिरे ,आरती कार्की र बिष्णु सिम्खडा रहेका छन् |
यसै गरी संरक्षकमा सानू खतिवडालाई चयन गरेको छ | कार्यक्रम संस्थाकी सचिव चिनु सुवेदीले कुशलतापुर्वक संचालन गरेकी थिइन् |