पशुपतिको भन्दा रमेशराजको आयो कडा गीत, ‘यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्दै हुँदैन’ (भिडियो)
काठमाडौं – केहीसमय अघि गायक तथा सर्जक पशुपति शर्माले एउटा गीत ल्याए । ‘लुट्न सके लुट’ बोलको गीत ल्याएका पशुपति शर्मा गीतका कारण चर्चित भए तर चर्चित भन्दा बढी आलोेचित बने ।
पशुपति शर्माको गीतको चर्चा सेलाउन नपाउँदै अर्को त्यस्तै किसिमको गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘भ्रष्टाचार’ बोलको गीतमा रमेशराज भट्टराईले भनेका छन्, ‘यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्दै हुँदैन’ । गीतको देशमा भएका विकृति विसंगती, सरकार, नेताहरुको बारेमा बोल्नै नहुने भाव समेटिएको छ ।
भिडियोः