मेयर चौधरीले ‘नाकको हड्डी’ भाँचिदिने धम्की फिर्ता लिए
इटहरी नगरपालिकाका मेयर द्वारिकालाल चौधरीले नाकको हड्डी भाँचिदिने धम्की फिर्ता लिएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले आवेकमा पत्रकारसँग फोनमा भएको संवादका क्रममा पर्न गएको चोटप्रति दुःख व्यक्त गरेका छन्।
फोनका क्रममा चौधरीले केही दिनअघि मोरङका पत्रकार बिराट अनुपमलाई नाकको हड्डी भाँच्न एक करोड र घडेरी छुट्याएको भन्दै धम्की दिएका थिए।
चौधरीले सोही कुरालाई लिएर आज विज्ञप्ति जारी गरेका हुन्। उनले विज्ञप्तिमा भनेका छन् ‘म उदण्ड हुँदै होइन, अनुशासित व्यक्ति हुँ, जेठ २१ गते एक जना पत्रकार मित्रको फेसबुक कमेन्टलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रममा भएका आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाईबाट उहाँ र संचारजगतप्रति पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतमा आघात पर्न गएकोमा विचार फिर्ता लिन चाहन्छु।’
यस्तो छ चौधरीले जारी गरेको विज्ञप्ति