हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

नेपाल तामाङ घेदुङ साउदी अरबको पूर्वी क्षेत्रीय दोस्रो भेला सम्पन्न

नवराज योन्जन तामाङ

नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति साउदी अरबको दोस्रो भेला सम्पन्न भएको छ । समितिको जुन ६ तारीख बिहीबार दमामको सिको गार्डन अगाडी रहेको होलिडेज होटेलमा सम्पन्न भएको हो । उक्त भेलाबाट बिजय लामा (मोक्तान)को संयोजकत्वमा अधिवेशन तदर्थ समिति समेत गठन गरेको छ ।

समितमा सहसंयोजक शम्सेर तामाङ (कृष्ण), महासचिव नवराज तामाङ, सचिव सुवास तामाङ, कोषाध्यक्ष, लालबहादुर लामा, सहकोषाध्यक्षमा सुर्य स्याङ्तान, सहसचिव रोशन तामाङ चयन भएको हो ।

त्यसैगरी सदस्यहरु क्रमशः शुक्र मोक्तान, हिरा भोम्जन तामाङ,सम्झना थिङ, राजकुमार तामाङ, बृखराम तामाङ पाख्रीन, अभिषेक बोम्जन, चन्द्र तामाङ, राममाया तामाङ, पुतली तामाङ, मुना तामाङ, सुकमान तामाङ, धनकुमार तामाङ, संतोष थिङ, करण गोलेलाई चयन गरिएका छन् ।

कोषाध्यक्ष लामाले स्वागत मन्तव्यका क्रममा केन्द्र घेदुङको बिधान भित्र रहेर प्रवासबाट तामाङ समुदायको भाषा, लिपी, धर्म, संस्कृति लगायतलाई संरक्षण गर्नका लागी समिति गठन गरिएको बताए । उनले भने, नेपालमा आउने प्राकृतिक बिपत्तिहरु र साउदीको हकमा कम्पनीले सेवा सुविधाबाट बन्चित गरेका पीडितहरुको उद्धारमा अन्य संघसंस्थासँग समेत हातेमालो गरेर जाने संस्थाको उदेश्य रहेको छ ।

समारोहमा एनआरएनए साउदीका अध्यक्ष नारायण पासवान, तमु धिका अध्यक्ष खेम गुरुङ, नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, मगर संघका कार्यबाहक अध्यक्ष बम बहादुर मगर, एनमिडियाका प्रबन्धक निर्देशक रोशन श्रेष्ठ, प्रवासी एकता मञ्च पूर्वी क्षेत्रका अध्यक्ष बाबुराम तामाङ, नेपाली साझा मञ्चका संयोजक बिष्णु घिमिरे, किरांँत राई यायोक्खा शाखा साउदीका कार्ययबाहक अध्यक्ष सिके चाम्लिङ, कुमाल समाजका अध्यक्ष ओम बहादुर कुमाल, सिर्जना सांस्कृतिक परिवारका सचिव दिलीपकुमार घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भेला संयोजक तथा कार्यक्रमका सभापति जेनकुमार लामाले झन्डै १ दशक अघि तामाङ समाज गठन गरेका सम्झना गरे । उनले थपे, साउदी भौगोलिक रुपमा ठुलो रहेकाले उक्त समाजले गति नलिएको हो । त्यो ताको अहिलेको जस्तो प्रविधिले फट्को नमारेको भएको पनि गति नलिएको हुनसक्छ । त्यसकारण अबको युग भनेको प्रविधिसँगैको भएकोले पनि समितिले गति लिन्छ भन्नेमा ढुक्क रहेको लामाले दावा गरे ।

समितिका अध्यक्ष बिजय लामाले यसअघि साउदीको जेद्दामा नेपाल तामाङ घेदुङ प्रवास शाखाको गठन भैसकेकाले आफूहरुले पूर्वी क्षेत्रीय समिति गठन गरेर अाघि बढेको बताए । उनले थपे – साउदी घेदुङसँग समन्वयगरी केन्द्रसँग सम्बन्ध पत्र लिने र आगामी ल्होछारसम्ममा अधिवेशन गर्ने बताए ।

सचिव सुवास मोक्तान तामाङले सञ्चालन गरेका कार्यक्रममा राजधानी रियाद पूर्वी क्षेत्रका जुवेल, अल खोबार, दमाम लगायतबाट तामाङहरुले सहभागी जनाएका थिए ।

भेलालाई भव्य बनाउन स्थानीय कलाकार तेम्बा लामा, पुतली तामाङ, मुना तामाङ लगायतले आआफ्नो प्रस्तुति राखेका थिए ।

भेलालाई सम्पन्न गर्न पृथ्वी रिमेट्स, सनराइज कार्गो र बाबुराम तामाङले आर्थिक सहयोग गरेका थिए ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution