हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ओली बादललाई काखी च्याप्दै,प्रचण्डको चाहना बामदेव

काठमाडौं । भागबण्डामा आफूले चाहेको अंश नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु एकतालाई पूर्णता दिन असफल हुँदै आएका छन् ।

अध्यक्षहरु केपीशर्मा ओली र पुष्पकमल दाहाल नै एकता टुंगोमा पुग्नबाट रोक्ने मुख्य पात्र रहेको बुझिएको छ । यी दुइजना अध्यक्षले पार्टी संगठनभित्र तुलनात्मक रुपमा बलियो पकड रहेका भनिएका एक/एकजना नेतालाई काखी च्यापेपछि एकता प्रक्रिया अवरुध्द भएको बताईएको छ ।

अध्यक्ष ओलीले तत्कालिन माओवादी केन्द्रका नेता राम बहादुर थापा ‘बादल’लाई पार्टीको संगठन विभाग प्रमुख बनाउन चाहेको नेकपाका एक नेताले बताएका छन् । त्यसैगरी अर्का अध्यक्ष दाहालले पनि तत्कालिन एमालेका नेता बामदेव गौतमलाई संगठन विभागको जिम्मेवादी दिन सक्दो प्रयाश गरिरहेका छन् । संगठन विभागको नेतृत्व आफ्नो मान्छेले पाएमा पार्टीको आन्तरिक राजनीतिमा आफ्नो पकड बलियो हुने लोभले ओली र दाहालवीच यसमा कडा प्रतिष्पर्धा भैरहेको बुझिएको छ ।

गत निर्वाचनपछि गौतम अध्यक्ष ओलीसँग रिसाएका छन् । प्रधानमन्त्रीको दावेदार मानिएका गौतमलाई अध्यक्ष ओलीकै इशारामा बर्दियामा निर्वाचन हराएर ठेगान लगाईएको गौतमको आरोप छ । त्यसपछि गौतम अर्का अध्यक्ष दाहालसँग नजिकिएका बताईन्छ ।

त्यसैगरी नेकपाको एकतापछि बनेको सरकारमा गृह जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका बादल अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग निकै नजिकिएको बताईन्छ । यिनै कारणले गर्दा ओली र दाहाल संगठन विभागमा आफ्नो विश्वासपात्रलाई स्थापित गरेर आगामी एकता महाधिवेशनमा पार्टीको नेतृत्वमा आउने सपना देखिरहेको जानकार सूत्रहरुले बताएका छन् ।

पार्टी एकतामा अरु सबै काम सम्पन्न भैसके पनि संगठन विभाग प्रमुख कसलाई बनाउने भन्ने मूल प्रश्नले नै बाँकी काम अड्किएको हो र यसले महाधिवेशन अघि पनि सरकारको नेतृत्वमा हुने भनिएको आलोपालो समेत प्रभावित हुने एक केन्द्रीय सदस्यले बताए ।

नेपाली राजनीतिक वृत्तमा तरंग ल्याउँदै ‘अपत्यारिलो’ एकता गरेको नेकपा मा नेतृत्व हत्याउने दाउपेच सतहमै छरपष्ट भएपछि सरकारमा समेत यसको प्रभाव पर्नसक्ने बताईएको छ ।

संसदीय चुनावको केहि अघि दुई अध्यक्ष राख्ने प्रणाली सहित एकता गरेर तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा ९एमाले० ले कम्युनिष्ट धुव्रिकरण गर्दै ठूलै जोखिम मोलेको विश्लेषण गरिएको थियो । त्यसपछि स्पष्ट बहुमत हासिल गरेको नेकपा अहिले अन्तर पार्टी राजनीतिले गल्दै गएको देखिन्छ ।

आलोपालो नेतृत्व गर्ने सहमति गरिएको बारे पछिल्लो समय निकै चर्चा चलेपनि भित्रभित्रै शक्ति हत्याउने खेलमा दुबै अध्यक्षवीच तानातान चलिरहेको देखिएको छ ।

करिब एकवर्ष अघि पार्टीको एकता प्रक्रियालाई वर्षदिन भित्र टुंग्याउने घोषणा गरेका दुई अध्यक्षले पछिल्ला कार्यसमितिको बैठकबाट यसलाई निष्कर्ष दिन नसकेपछि पार्टीभित्रको शक्ति द्वन्द चर्किएको बताइन्छ ।

विशेषगरी संगठन प्रमुखको नियुक्ति, जिल्लाहरुको प्रमुख तथा उप प्रमुख छनौट, पोलिटब्यूरो गठन र पार्टी सदस्यहरुलाई कार्य विभाजनको विषयमा ठूलै मतान्तर रहेको खबर बाहिरिएको छ । यसरी पार्टी सदस्यलाई दिइने भूमिकामा ठूलो विवाद हुनुको पछाडि दुबै अध्यक्षको रणनीतिक चाल रहेको बुझिएको सरल पत्रिकामा छ ।

त्यस्तै प्रचण्डलाई पार्टीभित्र कमजोर बनाउन ईश्वर पोखरेल लगायतका नेताहरु पनि लागिपरेको प्रष्टै देखिने गरेको छ । विभिन्न अन्तर्वार्ताहरुको क्रममा उनले प्रचण्डले नेकपाको नेतृत्व गर्ने सम्भावना नरहेको बताउँदै आएका छन् ।

ईश्वर पोखरेलका लाइनका नेता मानिने सूर्य थापाले फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले तत्कालिन माओवादीको हितमा मात्र काम गरेको तर नेकपाका सह अध्यक्ष जस्तो काम नगरेको आरोप पनि लगाएका छन् ।

शक्ति हत्याउँदै नेतृत्वमा हाली मुहाली गर्नको लागि ओलीले सत्य निरुपण तथा मेल मिलाप आयोग तथा बेपत्ता पारिएको व्यक्तिको छानविनको कामलाई थाँतीमा राखेको आरोप प्रचण्ड लाइनका नेताहरुले लगाउने गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा रहेका बेला आलोपालो प्रधानमन्त्री बन्ने सहमति रहेको भन्दै प्रचण्डले पनि आफ्नो लामो समय देखिको शक्ति हत्याउने दाउलाई सतहमै ल्याएको बुझिएको छ । पाँच बुँदे सहमति रहेको भन्दै उनले आफूले छिट्टै सरकारको नेतृत्व गर्ने बताएपछि नेकपाभित्र यसले ठूलै हलचल ल्याएको बताइन्छ ।

शनिबार युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओली फर्केर नआउन्जेलसम्मको लागि एकता प्रक्रिया थाँतीमै रहने भएको छ । पछिल्लो दुईपटक प्रधानमन्त्री ओली विदेशमा रहँदा भेनेजुएला वक्तव्य र पाँच बुँदे वक्तव्यले राजनैतिक तरंग ल्याएका प्रचण्डले यसपाली कस्तो वक्तव्य जारी गर्ने हुन् नेकपाभित्रै चर्चा चलिरहेको स्रोतले बताएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution