हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एकतापछि तत्कालिन फोरम र नयाँ शक्तिवीच खटपट सुरु

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टीवीच पार्टी एकीकरण घोषणा भएको एक महिना पूर भएको छ तर अहिलेसम्म कानुनी रुपमा दुइ पार्टी अलग अलग अस्तित्वमा छन् ।

वैशाख २३ गते तत्कालिन संघीय फोरम र नयाँ शक्तिवीच पार्टी एकीकण भइ समाजवादी फोरम गठन गरिएको घोषणा गरिएको थियो तर दुइ पार्टी एकीकरण भएको एक महिना पूरा हुँदा पनि कानुनी रुपमा दुइ पार्टीवीच एकीकरण हुन सकेको छैन । निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गर्न पार्टीका नेताहरुले अहिलेसम्म निवेदन दिएका छैनन् । न त दुइ पाटीवीच एकीकरण भएको औपचारिक जानकारी आयोगमा गराइएको छ ।

निर्वाचन आयोगमा निबेदेन दर्ता नगर्दै तत्कालिन संघीय फोरम र तत्कालिन नयाँ शक्तिका नयाँहरुवीच खटपट सुरु भएको छ । पार्टी एकीकरण गरिएकोमा दुबै पार्टीकभित्र पार्टीका केही प्रभावशाली नेताहरु पार्टी नेतृत्वसँग असन्तुष्ठ छन् । तत्कालिन नयाँ शक्तिका रामरिझन यादव,देवेन्द्र पाण्डे लगागतका नेताहरु भट्टराइसँग असन्तुष्ठ छन् । नयाँ शक्तिका गोरखा जिल्ला समितिका आधाभन्दा धेरै नेताहरु केही दिन अघि औपचारिक रुपमै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन ।

यसैगरी लोकप्रिय नायिका करिश्मा मानन्धर पनि पार्टी एकीकरण पछि भट्टराइसँग सन्तुष्ट छैनन । उनले औपचारिक रुपमै बाबुरामलाई छाड्ने तयारी गरेकी छन् । तत्कालिन नयाँ शक्तिका असन्तुष्ठ कार्यकताहरु पर्टी एकीकरणको नाममा भट्टराइले उपेन्द्र यादवलाई पार्टीको एजेण्डा, झण्डा, चिन्ह, राजनीतिक अडान बुझाएको आरोप लगाउदै आएका छन् ।

यस्तै स्थिति तत्कालिन फोरममा पनि देखिएको छ । बाबुरामलाई एकीकृत पार्टीको ‘फस्टमेन’ बनाइएकोमा जिल्लाका नेताहरु सन्तुष्ठ छैनन् । पार्टीका एक पदाधिकारीले भने, ‘तत्कालिन माओवादीबाट राजिनामा दिए पछि मात्र बाबुरामजी मधेसप्रति लचिलो देखिनु भएको हो । त्यो भन्दा मधेसलाई हेर्ने उहाँको दृष्टिकोण अन्य नेताहरुभन्दा केही फरक थिएन ।’ ती नेताले अझै थपे,‘संविधान जारी भइसके पछि मात्र उहाँ (भट्टराइ)ले मधेसको सेण्टिेमण्टल लिन खोज्नु भएको हो । संविधानमा उहाँले मधेसको एजेण्डा राख्न कुनै भुमिका निभाउनु भएन ।’ दुइ पार्टी एकीकरण घोषणा पछि बाबुराम र भट्टराइ जेठ ११ देखि देशव्यापी कार्यकर्ता अभिमुखी कार्यक्रममा व्यस्त भए । यस क्रममा भट्टराइ यादवसँग मधेसमा पनि पसे । तर मधेसबाट उनले त्यती राम्रो रेस्पोन्स नपाएको अर्का एक नेताले बताए । जेठ २३ बाट समाजवादी पार्टीको अभिमुखी कार्यक्रम सकिएको छ ।

बाबुराम अहिले पनि संसद्मा प्रतिपक्षय कुर्सीमा बस्छन । पार्टी कार्यालय जानु पर्‍यो भने अहिले पनि उनी बबरमहल स्थित पुरानो नयाँ शक्ति कार्यालयमा जाने गर्छन । हिसिला यामी पनि तत्कालिन फोरम पार्टी कार्यालय नगइ तत्कालिन नयाँ शक्तिको पार्टी कार्यालय जाने गर्छिन् । नयाँ शक्तिका बँचेका कार्यकर्ताहरुले पनि बाबुरामको बाटो समातेका छन् । तत्कालिन नयाँ शक्तिका कार्यकर्ताहरु अझै पनि तत्कालिन संघीय फोरमसँग घुलमिल हुन सकेका छैनन् ।

दबै पार्टीका पार्टी कार्यालय अहिले पनि अलग अलग अस्तित्वमा छन् । पार्टी एकीकरण पछि पनि कार्यकताहरु एक अर्काको पार्टी कार्यालय सकेसम्म जान चाहन्नन् । दुवै पार्टीको सम्पत्ति र अन्य साधान, स्रोत अहिले पनि अलग अलग स्थितिमा छ । ‘यती हुँदा हुँदै पनि तत्कालिन संघीय फोरम र नयाँ शक्तिवीच पार्टी एकीकरण भएको जानकारी गराउन र नयाँ पार्टी दर्ता गराउन निर्वाचन आयोगमा जानुको बिकल्प छैन ।’ पार्टी स्रोतका अनुसार तत्काल सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा बाबुराम र यादववीच विवाद छ ।

नयाँ शक्तिबाट समाजवादी पार्टीमा आएका अधिकांश नेताहरू तत्काल सरकार छाड्नुपर्ने पक्षमा छन् भने तत्कालीन संघीय फोरमका केही नेताहरु तत्काल सरकार छाड्ने पक्षमा छैनन् । खाशगरी सरकारमा रहेकाहरु मन्त्रीहरु स्वयम उपप्रधानमन्त्री उपेन्द्र यादव तत्काल सरकार छाड्ने पक्षमा नरहेको स्रोतको भनाइ छ ।

यादवको यस्तो चाहनाले नै समाजवादी पार्टीले सरकार छाड्ने दिन लम्बिरहेको पार्टीका एक पदाधिकारीले बताए । जव कि, नव गठित समाजवादी पार्टीका पहिलो अध्यक्ष बाबुराम भट्टराई  एकीकृत पार्टीले तत्काल सरकार छाड्नु पर्ने अडानमा छन् । अहिले भट्टराइलाई यती अप्ठयारो परेको छ कि,समाजवादी पार्टी सरकारमा छ, तर उनी संसद्को प्रतिपक्ष वेञ्चमा बस्ने गरेका छन् । निर्वाचन आयोगबाट संघीय समाजवादी फोरम र नयाँ शक्तिवीच एकीकरण भएको औपचारिक जानकारी संसद सचिबालयलाई नआएकोले कानुनी रुपमा भट्टराइ प्रतिपक्ष वेञ्चमा बस्नु परेको भट्टराइ निकट नेताहरु बताउछन । आयोगबाट औपचारिक जानकारी आयो भने भट्टराइ नैतिक संकटमा पर्ने छन् ।

स्रोतले भन्यो, पार्टी एकीकरण घोषण पनि मधेसको सेण्टिमेण्टल लिन बाबुरामले नव गठित आन्दोलनमा जानु पर्ने अडान राख्न थालेका छन् । जब कि, अधिकांश फोरमका कार्यकर्ताको भावना पनि यस्तै देखिएको छ @ हाम्राकुरा |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution