हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

शान्तिदूत होइनन् बुद्ध

बुद्ध र बौद्ध धर्मदर्शन सम्बन्धी तथ्यपरक जानकारी र सूक्ष्म ज्ञानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना भएको हो । तर सोही विश्वविद्यालयले बुद्ध र बौद्ध धर्मबारे अनर्गल कुरा पढाएपछि कति विडम्बना होला !

वैशाख पहिलो साता स्नातक तहको ‘बुद्धिस्ट स्टडिज एन्ड ह्युमानिटिज’ कार्यक्रम अन्तर्गत तेस्रो वर्षको ‘न्यू बुद्धिस्ट’ विषयको परीक्षामा सोधिएको एउटा प्रश्न गलत मात्रै नभएर आपत्तिजनक नै थियो ।

प्रश्नपत्रमा बुद्ध शान्तिका दूत हुन् भन्ने कुराको औचित्य पुष्टि गर्न १० पूर्णाङ्कको प्रश्न सोधिएको थियो । यो प्रश्नबाट पाठ्यक्रमको निर्माण र अध्यापन पनि सोहीबमोजिम भएको रहेछ भन्ने थाहा हुन्छ ।

गौतम बुद्धप्रति श्रद्धा व्यक्त गर्ने क्रममा सामान्य प्रचलनमा विभिन्न शब्द प्रयोग गरिन्छ । त्यस्ता कतिपय शब्द र संज्ञा बौद्ध दर्शनको मान्यतासँग ठ्याम्मै मेल नखाने पनि हुन्छन् । बुद्ध र बौद्ध धर्मको आधारभूत दार्शनिक मान्यता अनित्य, दुःख र अनात्म हो ।

यसअनुसार बुद्ध र बौद्धहरू अनात्मवादी हुन्छन् । तर बुद्धलाई ‘महात्मा’ भनी सम्बोधन गर्ने गरिन्छ, जुन गलत हो । ‘शान्तिको दूत’ भन्नु पनि त्यस्तै गल्ती र दार्शनिक कसीमा आपत्तिजनक हो ।

बुद्धलाई ‘शान्तिको दूत’ भनिनुले उनी आफैं केही नभएर कसैका दूत हुन् भन्ने अर्थ दिन्छ । तर, बौद्ध धर्मदर्शन अनुसार यो मिल्दैन ।

इसाई धर्म अनुसार, परम परमेश्वर प्रभु येहोवाको दूत बनेर उनका पुत्र जिसस क्राइस्ट पृथ्वीमा आएका हुन् । यस्तै, इस्लाम धर्म अनुसार, अल्लाहको पैगाम (सन्देश) ल्याएका कारण मोहम्मदलाई पैगम्बर (अल्लाहको सन्देश वाहक) भनिन्छ।

तर, बुद्ध त्यस्तो सर्वोच्च सत्तालाई अस्वीकार गर्छन् । जीवन र जगत कुनै अदृश्य र अलौकिक शक्तिबाट नभई कार्यकारणबाट संचालन भइरहेको हुन्छ र सबै कुरा अनित्य अर्थात् नाशवान छ भन्ने दार्शनिक दृष्टिकोण नै गौतम बुद्धको मौलिक खोज हो ।

बुद्धले आफूले देखेको कुरा अरूलाई बताएका मात्रै हुन् । यस अर्थमा कुनै सर्वोच्च सत्ताको दूत नभएका कारण गौतम बुद्धलाई ‘शान्तिको दूत’ भन्नु आफूखुशी अपव्याख्या हो ।

बोलीचालीमा भन्ने गरिए जस्तो गौतम बुद्ध ‘महान् समाज सुधारक’ होइनन् । तत्कालीन सामाजिक विसंगति विरुद्ध लड्ने क्रान्तिकारी व्यक्तित्व भनेर पनि उनलाई चिनाउने गरिन्छ । तर समाजलाई सुधार्ने कुरा बुद्धको चासोको विषय नै थिएन ।

बरु त्यही समाजका व्यक्तिलाई समाजबाट बाहिर ल्याउने, धर्मदर्शनका कुरा सिकाउने, भिक्षु–भिक्षुणी बनाउने र जन्म–मृत्युको दुश्चक्रबाट मुक्त गराउने मुख्य ध्येय हो, बुद्धको।

यद्यपि प्रसङ्गवश बुद्धले कतिपय सोच र मानसिकता चिर्न भने प्रभावकारी भूमिका खेले । पारिवारिक सुसम्बन्ध कसरी कायम गर्न सकिन्छ भनेर उनले दिएका उपदेशहरू प्रसिद्ध छन्। लैंगिक विभेदले आक्रान्त तत्कालीन समाजमा महिला–पुरुष दुवैलाई धर्म अभ्यासमा समान अवसर दिनुका साथै छोरा–छोरीमा कुनै भेद नभएको सन्देश प्रवाह गरे।

धर्मको आडमा जातीय छुवाछूतको प्रथामाथि नै प्रश्न उठाउँदै आफ्नो संघमा सबै जाति र वर्गलाई प्रवेश दिए। बुद्ध मानिसलाई मात्र नभएर समस्त प्राणीलाई समान रूपमा हेर्थे र मुख्यतः चित्तशुद्धिमा जोड दिन्थे।

बौद्ध धर्मदर्शनले व्यक्तिदेखि विश्व नै आक्रान्त हुनाको मुख्य कारण तृष्णा रहेको निष्कर्ष निकालेको छ। तृष्णाले मानिसलाई पारेको प्रभाव नै बाह्य रूपमा प्रकट हुँदा झै-झगडा, लुटपाट, घुसखोरी, युद्ध, र अन्ततः डर–आशंकाको स्थिति विकसित हुने हो।

जन्म र मृत्युरूपी दुःखबाट छुटकारा पाउने दार्शनिक सिद्धान्त अनुसार तृष्णा क्षय गर्ने क्रममा लोभलालच स्वतः घट्ने, मैत्री र करुणा जस्तो भावना सिर्जना हुँदा बाह्य जीवन स्वतः शान्तिपूर्ण बन्ने कुरा बुझन सकिन्छ।

यस अर्थमा बुद्ध र बौद्ध दर्शन अनुसारको अभ्यासपछि शान्ति ‘बाइ प्रडक्ट’ मात्र हो। यसैले बुद्धलाई शान्तिका दूत भन्नु सर्वथा असुहाउँदो हुन्छ।

बौद्ध अध्ययनको शैक्षिक कार्यक्रमहरू लुम्बिनी बौद्ध विश्वविद्यालयका साथै त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा संचालनमा छन्। तर अनुगमन भने फितलो छ।

व्यक्तिविशेषको अक्षमता वा कमजोरीले विश्वविद्यालयको पाठ्यक्रम, शिक्षण र परीक्षा नै प्रभावित हुनु प्राज्ञिक थलोका लागि दुःखद हो । बुद्धलाई अन्यत्र शान्तिका दूत भनियो भन्दैमा विश्वविद्यालयले त्यसलाई पाठ्यक्रममै समेटेर पढाउनु र परीक्षामा सोध्नु बौद्ध अध्ययनको गम्भीर भूल हो ।

– बसन्त महर्जन / हिमालखबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution