नेपालमा भारतीय नाकाबन्दीका ‘डिजाइनर’लाई विदेश मन्त्रालयको जिम्मेवारी

काठमाडौ- भारतका पूर्व विदेश सचिव एस जयंशकरले विदेश मन्त्रालयको जिम्मेवारी पाएका छन्। भारतकै इतिहासमा लामो समय विदेश सचिव रहेका काम गरेका उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो क्याबिनेटमा महत्वपूर्ण जिम्मेवारी दिएका हुन्।
जयशंकरले चीन, अमेरिका लगायतका देशमा राजदूतका रुपमा समेत काम गरेका थिए।
नेपालमा भने उनलाई भारतीय नाकाबन्दीको एकजना योजनाकारका रुपमा लिइन्छ। नेपालमा ४ वर्षअघि नयाँ संविधान जारी गर्ने अन्तिम तयारीमा नेपाली नेता रहेका बेला मोदीको विशेष दूतका रुपमा जयशंकर काठमाडौं आएका थिए। उनले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई भेटेर संविधान रोक्न दबाब दिएका थिए।