नेपाल तामाङ घेदुङ पोखरा महानगरको अध्यक्षमा टेक बहादुर तामाङ निर्वाचित
पोखरा – नेपाल तामाङ घेदुङ पोखरा महानगरको प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ | भेलाबाट नयाँ समिति चयन गरेको छ |
जसअनुसार अध्यक्षमा टेक बहादुर तामाङ ,उपाध्यक्ष- शिबु ब्लोन , उपाध्यक्ष- रिक्त पद (महिला),सचिव-सुन्दर थोकर, सह सचिव- कुमार थिङ,कोषाध्यक्ष – अन्जना तामाङ र सदस्यहरुमा अन्तिम डिमडुङ , अनिता योन्जन , रितु थोकर,कविता योन्जन, बिशाल गोले , कमला तामाङ , योगिता तामाङ र जङ्ग राज ब्लोन निर्वाचित भएका छन् |