इरान र अमेरिका बीच युद्धभए इराक बस्ने नेपालीलाई उद्वार गर्न कठिनाइ हुने

कुर्दिस्तान । इरान र अमेरिकाको युद्ध हुने भनेको आज भन्दा धेरै वर्ष अघिदेखि चल्दै आइरहेको हो।तर हालको स्थितिमा युद्ध हुन सक्ने धेरै सम्भावना देखिन्छ। यदि इरान र अमेरिका युद्धमा होमिएको खण्डमा इराकलाई कस्तो असर पर्द्छ भन्ने बारेमा अहिले व्यापक चाँसोको विषय बनेको छ। इरानले भने युद्ध चाहिनरहेको अवस्था छ।
हाल इरान सङ्ग सिमाना जोडिएको स्वतन्त्र इराकको प्रान्त कुर्दिस्तान जहाँ नेपाली नागरिकहरु रोजगारीको शिलशिलामा लगभग करिब पच्चिस हजारका हाराहारीमा रहेको छ।
नेपालीहरु यो विषयमा जानकार भएपनि दशकौंदेखि बस्दै आएको हुँदा यस विषयलाई सामान्य रुपमा लिइरहेका छन्। कुर्दिस्तानका नागरिकले पनि युद्धलाई गहन रुपमा लिइसकेको अवस्था छैन तर यदि भइहालेमा इराकको शान्ती भूमि कुर्दिस्तान प्रयोग हुने प्रवल सम्भावना छ।
यदि युद्ध भएको खण्डमा नेपाली नागरिकलाई उद्धार गर्न भने निकै कठिनाई रहने प्रष्ट देखिन्छ। कुर्दिस्तानमा रहेका धेरै नागरिकहरु अबैधानिक तवरले बस्दै आइरहेका छन्।
यहाँ रहेका कतिपय नेपाली नागरिकको साथमा राहदानी छैन। राहदानी भएकाहरुका साथमा पनि भिसा नवीकरण भएका छैनन्। भर्खर आएका नयाँ कामदारलाई कम्पनीले पनि छाड्ने छैनन्।
तर पनि नेपाली नागरिकहरु युद्धको विषयलाई रत्तिभर चिन्तित छैन। तर पनि यहाँका संघ संस्थाले सचेत रहन आग्रह गरि रहेको छ। नेपाली राजदुतावास कुवेतबाट पनि नेपाली नागरिकको सहयोगको लागि सम्पर्कमा रहिरहन सम्पर्क बढाएको छ। कतिपय इराकमा रहेका नेपालीलाई युद्धको बारेमा थाहा पनि छैन @ डिसी नेपाल |