हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

अन्तराष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रिय भेला थाइल्याण्डमा हुने

याम्बु – अन्तराष्ट्रिय तामाङ परिषदले शुक्रबार राधजानीमा पत्रकार सम्मेलन गरेको छ । परिषदले पत्रकार सम्मेलन मार्फत आगामी जुन २२ मा थाइल्याण्डमा पूर्वी एशिया क्षेत्रिय सम्मेलन गर्ने जानकारी दिएको छ ।

सन् २००२ मा स्थापित परिषदको भारतको मिरिक, दार्जिलिङमा सम्पन्न भएको चौथो सम्मेलनबाट परिमार्जित विधान अनुसार संसारभरका तामाङ संघ/संस्थाहरुलाई समेट्ने उदेश्यले पाँच वटा क्षेत्रीय समन्वय समितिले ब्यवस्थापन गर्ने जनाएको छ ।

सम्मेलनमा पूर्वी एशिया अन्तर्गतका राष्ट्रहरु थाइल्याण्ड, जापान, दक्षिण कोरिया,मलेशिया, हङकङ, बर्मा, मकाउ, सिंगपुर, चीन लगायत ९ वटा राष्ट्रमा क्रियाशिल रहेका तामाङ संघ/संस्थाका प्रतिनिधिहरुले भाग लिने परिषद्का वरिष्ठ उवपाध्यक्ष टासी लामा तामाङले जानकारी दिएको छ ।

साथै उक्त सम्मेलनमा नेपाल तामाङ घेदुङ, भारतमा रहेका अखिल भारतीय तामाङ बौद्ध संघले तोकेको प्रतिनिधिहरु समेत सहभागि हुन पाउँने जनाएको छ । नेपालबाट तामाङ समुदायको क्षेत्रमा काम गरीरहेका तामाङ व्यक्तित्वहरुले समेत सहभागी हुने पाउँने जनाएको छ ।

उक्त सम्मेलनले अन्तराष्ट्रिय तामाङ परिषदको सम्बन्धित क्षेत्रको उपाध्यक्षको अध्यक्षतामा विभिन्न देशका प्रतिनिधि सम्मिलित एक पूर्वी एशिया क्षेत्रीय समन्वय समिति पनि गठन गर्ने छ । यसका साथै परिषद्ले तामाङ समुदायको सामाजिक, राजनीतिक, आर्थिक, तथा शैक्षिक आन्दोलनलाई सशक्त तरिकाले अघि बढाउन नीति बनाउने जनाएको छ ।

पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय तामाङ परिषद्का पूर्वी एशिया क्षेत्रीय संयाेजक अस्मिता तामाङले विज्ञप्ती वाचान गरेकी थिइन् । सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, अस्मिति वाईबा तामाङ, मोहन गोले, कुमार ब्लोन, रविन लामा थिङ, सिता तामाङ, बेली तामाङ, रामकृष्ण तामाङ लगायतले सहभागी जनाएका थिए @ नाम्सादिम ग्यामसे |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution