हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सिक्किममा पी.एस. गोले तामाङको पार्टिले चाम्लिङको २५ वर्षे सत्तामा लगायो ब्रेक !

काठमाडौं । सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता उल्टिएको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नराम्रोसँग पराजय व्यहोरेको छ ।

सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.एस. गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।

सिक्किमको एकमात्र लोकसभा सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ ।

को हुन् प्रेमसिंह ?

अब गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले नयाँ सरकार बनाउने छ । गोले विगतमा पवन चाम्लिङकै पार्टीमा थिए । तर, उनले त्यहाँबाट अलग भएर नयाँ पार्टी ‘सिक्किम क्रान्तिकारी मोर्चा’ (एसकेएम) गठन गरेका थिए ।

सन् १९९० मा प्रेमसिंहले ग्राजुएट शिक्षकको रुपमा सरकारी जागिर खाए । तर तीन वर्षमै शिक्षक पदबाट राजीनामा दिए । त्यसपछि उनी सामाजिक र राजनीतिमा अझ सक्रिय भएर लागेका थिए । भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायँसमेत भोगेका गोले आफू चुनावमा प्रतिष्पर्धा नगरे पनि उनको पार्टीले विधानसभाका ३२ वटै सिटमा उम्मेद्वार खडा गरेको थियो ।

सिक्किमको प्रमुख प्रतिपक्षी सिक्किम क्रान्तिकारी मोर्चाले भ्रष्टाचार नियन्त्रण गर्ने र बेरोजगारलाई रोजगारी दिने मुख्य एजेन्डा लिएर चुनाव लडेको थियो ।

प्रेमसिंहको राजनीतिक यात्रा

गोले पवन चाम्लिङको पार्टी एसडीएफमा रहँदा पश्चिमी सिक्किमको चुखुंग निर्वाचन क्षेत्रबाट सन् १९९४ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए । एसडीएफमा रहँदा उनले राज्य युवा संयोजक र उपाध्यक्षको रुपमा काम गरेका थिए ।

त्यसपछि उनले लगातार तीन पटकसम्म सिक्किम सरकारमा मन्त्रीस्तरीय भूमिकामा रहेर काम गरे । १९९४ देखि १९९९ सम्म र १९९९ देखि सन् २००४ सम्म पशुपालन तथा उद्योगमन्त्रीको रुपमा उनले काम गरेका थिए । त्यसपछि सन् २००४ देखि सन् २००९ सम्म भवन तथा आवास विभाग मन्त्रीको रुपमा काम गरे । सन् २००९ मा बर्टुक संविधानसभा चुनाव जितेपछि उनी उद्योग विभागको अध्यक्षको रुपमा नियुक्त भए ।

तर, उनले सन् २०१३ को सेप्टेम्बरमा चाम्लिङ नेतृत्वको एसडीएफ पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरे । त्यसपछि उनले सिक्किम क्रान्तिकारी मोर्चा -एसकेएम) नामको नयाँ पार्टी खोले । सन् २०१४ को विधानसभा चुनावमा उनको पार्टीले १० सिट जित्यो । उनी आफैं बर्टुक निर्वाचन क्षेत्रबाटै सांसद निर्वाचित भएका थिए । उनको पार्टीले सिक्किममा कूल भोटको ४२ प्रतिशत भोट पायो ।

उनलाई सन् २०१६ मा भ्रष्टाचारको मुद्दा लाग्यो । सन् १९९४ देखि १९९९ को बीचमा एसडीएफ पार्टीमा रहँदा उनीमाथि सरकारी सम्पत्ती दुरुपयोग गरेको अभियोग थियो । सन् २०१७ मा उनी अदालतबाट दोषि ठहरिए । त्यसपछि सिक्किम विधानसभा सदस्यका लागि उनलाई अयोग्य घोषित गरियो ।

उनी जेलबाट रिहा भएपछि १० अगष्ट सन् २०१८ मा सिक्किममा भव्य जनसभा आयोजना भयो । जसलाई सिक्किममा सबैभन्दा धेरै मानिस जम्मा भएको राजनीतिक कार्यक्रम मानिन्छ ।

सधैं क्षेत्रीय दलको दबदबा

पवन कुमार चाम्लिङ सिक्किम डेमोक्रेटिक फ्रन्टको संस्थापक अध्यक्ष हुन् । उनी सन् १९९४ देखि लगातार २५ वर्ष सिक्किमको मुख्यमन्त्री बनेका छन् । पहिला छुट्टै देश सिक्किम भारतमा विलय भएपछि सबैभन्दा लामो समय राज्यमा शासन गर्ने पवनकुमार चामलिङ नै हुन् ।

उनी सिक्किमको तेस्रो मुख्यमन्त्री हुन् । उनीअघि काजी लेन्डुप दोर्जी र नरबहादुर भण्डारी सिक्किमका मुख्यमन्त्री थिए । भण्डारीको शासनकालमा चामलिङ भण्डारीका विश्वासपात्र थिए । तर, पछि चामलिङले पार्टी फुटाएर सिक्किम डेमोक्रेटिक फ्रन्ट नामको पार्टी स्थापना गरेका हुन् ।

सिक्किममा सुरुदेखि नै क्षेत्रीय दलको दबदवा छ । चाखलाग्दो कुरा के छ भने सन् १९७९ देखि अझैसम्म सिक्किमको सत्तामा राष्ट्रिय दल भाजपा पुग्न पाएको छैन । सन् १९८४ मा कांग्रेस केबल १३ दिन सत्तामा थियो । त्यसपछि कांग्रेस फेरि सत्तामा फर्किन सकेन । भाजपा सिक्किम संग्राम परिषदसँग मिलेर चुनाव लड्दै आएको छ ।

यसकारण महत्वपूर्ण छ सिक्किम

भारतको पूर्वोत्तर राज्य हो सिक्किम । यहाँ लोकसभामा एक मात्र सिट छ । यो सिट किन महत्वपूर्ण छ भने यसले पूरै राज्यको प्रतिनिधित्व गर्दछ । यहाँ राज्यसभाका लागि पनि एक सिट छ । विधानसभा भने ३२ सिट छ ।

यहाँ भाजपा, कांग्रेस, तृणमुल कांग्रेस जस्ता राष्ट्रिय दल पनि छन् । तर, सधैं क्षेत्रीय दलकै बोलवाला छ । सिक्किममा कुल मतदाता ३ लाख ७० हजार ७३१ छ । जसमा १ लाख ७९ हजार ६५० महिला छन् । जनसंख्याको घनत्व ७६ व्यक्ति प्रति वर्ग किलोमिटर छ जुन भारतमा निकै कम हो ।

सिक्किम पर्वतीय क्षेत्र हो । यो राज्य पश्चिममा नेपाल, उत्तर तथा दक्षिणमा चीनको तिब्बत तथा दक्षिण पूर्वमा भुटानसँग जोडिएको छ । भारतको पश्चिम बंगाल सिक्मिकको दक्षिण पर्दछ । यहाँ अंग्रेजी, गोर्खा खस भाषा, लेप्चा, भुटिया, लिम्बु र हिन्दी आधाकारिक भाषा छन् । हिन्दु तथा बज्रयान बौद्ध सिक्किमका प्रमुख धर्म हुन् ।

सिक्किम प्रदेशको राजधानी गान्तोक हो । यो यहाँको सबैभन्दा ठूलो शहर पनि हो । सिक्किम पहिले नामग्याल राजतन्त्रको एक स्वतन्त्र राज्य थियो, तर जनमत संग्रह गरेर सन् १९७५ मा भारतमा विलय गराइयो । पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तर सिक्किम र दक्षिण सिक्किम गरी यहाँ चारवटा जिल्ला छन् ।

सिक्किम भौगोलिक दृष्टिले धेरै विविधतापूर्ण छ । प्राकृतिक सुन्दरताले पनि धनी छ । त्यसैले यो पर्यटनको प्रमुख केन्द्र बनेको छ ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा सिक्मिको उत्तरपश्चिम भागमा नेपालको सीमासँग जोडिएको छ । चीनको सीमासँग जोडिएका कारण यहाँ भारतीय सेनाको बाहुल्य छ । धेरै क्षेत्रमा प्रवेश निषेध छ । घुम्न जाँदा कतिपय ठाउँमा अनुमति लिनुपर्ने हुन्छ |@ अनलाइन खबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution