इजरायलमा फोरम र नयाँ शक्तिले सयुक्त रुपमा भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने
तेलअविव – सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल विच पार्टी एकता भएको खुसियालीमा प्रवास भातृसंगठन दोय नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तराष्ट्रिय नेपाली समाज इजरायलको संयुक्त आयोजनामा “भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम” गर्ने भएको छ |
आउदो १४ जुन २०१९ (शुक्रवार) सेन्ट्रल बस स्टेशन तेल अभीभ पछाडी सानो पार्क मा५:०० बजे हुन गईरहेको ऐतिहासिक कार्यक्रममा इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु, राजनीतिक ,सामाजिक,धार्मिक संगठन, संस्था र संचारकर्मी मित्रहरुमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ |
उक्त दिन बेलुकी नेआज महांसघ इजरायलको ७ औ बार्षिकउत्सब तथा साधारणसभा पनि भएकोले निर्धारित समयमै कार्यक्रम सुचारु हुने नेपाली सङघीय समाज (नेफेसो) इजरायल का प्रवक्ता समिर स्याङाबा ह्योल्मो ले तामाङ अनलाइनलाई जानकारी दिनु भएको छ |