बौद्ध धर्मगुरु पेमा रिम्पोछेद्धारा दोजाममा गुम्बा उद्घाटन

हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजाममा नयाँ निर्माण गरिएका गुम्बाको बौद्ध धर्मगुरु पेमारीक्साल रिम्पोछेबाट उद्घाटन गरीएको छ ।
निर्माण सम्पन्न भएको एक वर्षपछि चाङ्ला ख्योम्जुङ गुम्बाको उद्घाटन याल्बाङ्ग गुम्बाका गुरु एबं बौद्ध धर्मगुरु पेमारीक्साल रिम्पोछेको हातबाट बिहीबार हो ।
बौद्ध धर्मावलम्बीका बढा गुरु पेमारिम्पोछद्वारा औपचारिक रुपमा उद्घाटन भएपछि अब गुम्बामा नियमित पुजापाठ हुने सिमकोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष एवंं चाङ्ला ख्योम्जुङ गुम्बा ब्यबस्थापन समिति दोजामका अध्यक्ष ताराबहादुर लामाले बताए ।
गुम्बाको उद्घाटन संगै गुम्बामा मुर्ती प्रतिस्थापन गरी धार्मिक प्रवचन तथा वाङ अभिषेक कार्यक्रम पनि संञ्चालन गरिएको थियो ।
धार्मिक प्रबचनको माध्यमबाट विकासलाई अगाडी बढाउनु पर्ने, प्राकृतिक श्रोत साधनको पुजारी भएर शान्तिपूर्ण रुपमा बाँच्न मानवलाई सहज हुने हुदा हत्या, हिंसा त्याग्नु पर्ने, अहिंसा त्यागी शान्तीको पथ अगाल्नु पर्ने गुरु रिम्पोछेले प्रवचनमा बताएको लामाको भनाई छ ।
सदरमुकाम सिमकोटबाट ५ घण्टा पैदल हिड्नु पर्ने भएपनि हेलिकोप्टरमा दोजामा पुगेका गुरुलाई स्थानीय बासिन्दाहरुले बाजागाजा सहित भव्य स्वागत गरीएको थियो ।
दोजामाका स्थानिय समुदायको जनश्रमदान सहित ११ लाखमा निर्माण भएको गुम्बाको उद्घाटन कार्यक्रम पछि लामा समुदायका स्थानियबासिहरुका लागि धर्मगुरु पेमारीक्साल रिम्पोछेले दुई दिनसम्म प्रवचन संचालन गर्ने सिमकोट गाउँपालिका १ नं. वडाका अध्यक्ष लामाले बताएको समाचार न्युज २४ नेपालमा छ |