हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

‘स्वयम्भू भनेको फेरिफेरि बनाउन सक्ने ठाउँ होइन, जथाभाबी नचलाऔं’

२०७२ सालको भुइँचालोमा स्वयम्भूका धेरै स्मारक भत्किए। स्वयम्भू व्यवस्थापन तथा पुनर्निर्माण महासमिति जिर्णोद्धर गर्न कस्सियो।

करिब २४.७ हेक्टरमा फैलिएको स्वयम्भू क्षेत्र व्यवस्थापन र संरक्षण जिम्मा महासमितिलाई छ। उसैको सक्रियता र संलग्नतामा प्रतापपुर–अनन्तपुर, वायुपुर, शान्तिपुर लगायत सम्पदा पुनर्निर्माण गरिए।

ती सबैमा सुर्खीचुना र अन्य परम्परागत सामाग्री प्रयोग गरिएका छन्। पूर्वी भर्याङमा रहेको ज्ञानमाला दाफा खलः पनि परम्परागत शैलीमै बन्दैछ।

‘कर्मराज महाविहार’ मात्र यस्तो संरचना हो, जसको पुनर्निर्माणबारे महासमितिलाई कुनै जानकारी दिइएन।

यही गुपचुपको नतिजा हो, महाचैत्य छेउमै रहेको यो गुम्बा सम्पदा मापदण्डविपरीत कंक्रिट प्रयोग गरेर आधुनिक शैलीमा बन्दैछ।

यो गुम्बाले पुनर्निर्माणका नाममा स्वयम्भूको वनक्षेत्र पनि अतिक्रमण गरेको छ। भुइँचालोअघि यसको क्षेत्रफल २ आना ३ पैसा थियो, अहिले १४ आना ३ पैसामा निर्माण गर्न लागिएको छ।

पहिलेभन्दा सात गुना बढी क्षेत्रफल ओगट्ने गरी आधुनिक शैलीमा भइरहेको निर्माणले विश्व सम्पदा मापदण्ड उल्लंघन र स्वयम्भूको सुन्दरता बिगारेको भन्दै महासमितिले विरोध गरेको छ। स्वयम्भूको कमजोर डाँडाले आधुनिक संरचनाको भार बोक्न नसक्ने महासमितिका पदाधिकारी बताउँछन्।

काठमाडौं महानगरपालिकाको अनुमतिमा बनेको यो गुम्बालाई ‘निजी विहार’ भन्दै पुरातत्व विभागले वास्ता गरेको छैन। निजी विहारमा सम्पदा मापदण्ड लागू नहुने भन्दै पुरातत्व पन्छिएको छ। महासमितिका पदाधिकारी यसैमा रुष्ट छन्।

‘सबै सम्पदा मौलिक सामग्री प्रयोग गरेर निर्माण भइरहेको छ। यसलाई पनि मापदण्डअनुसार बनाउनुस्, हामी सहयोग गर्छौं भन्दा उहाँहरू मान्नुहुन्न,’ महासमिति अध्यक्ष सर्वज्ञरत्न तुलाधरले बताएको  छ |

महासमितिको यस्तो सुझावविपरीत कसैले नदेख्ने गरी जस्तापाता हालेर गुपचुप निर्माण गरिएको उनले बताए।

‘यहाँका गुर्जुहरूको घर पनि सबै निर्माण गर्दिन्छु भनेर आफ्नो समर्थनमा पारेका छन्,’ ८३ वर्षीय तुलाधरले भने, ‘यस्तो मनलाग्दी हुँदा पनि महानगर र पुरातत्व मौन बसेको देखेर हामी छक्क छौं।’

सन् १९५४ मा निर्माण भएको कर्मराज महाविहार तिब्बती बौद्धअन्तर्गतका चार मुख्य विद्यालयमध्ये एक हो। आकर्षक कलाकृतिले सजिएको यो गुम्बामा करिब ५० भिक्षु अटाउँथे। प्रत्येक दिन धुपबत्ती बालिन्थ्यो।

२०७२ को भुइँचालोले क्षति पुगेपछि भत्काएर नयाँ बनाउन लागिएको हो। सन् २०२० सम्म सक्ने लक्ष्य रहेको यो गुम्बा करिब १३ करोड ५२ लाखमा निर्माण हुँदैछ। यही क्रममा आफ्नो क्षेत्रफल पनि बढाउन वरिपरिको जंगलसमेत समेटेको महासमितिका उपाध्यक्ष ज्ञानु लामा बताउँछन्।

उनका अनुसार वनको जग्गा पहिले वन मन्त्रालयअन्तर्गत थियो। मन्त्रिपरिषद बैठकबाट गुठी संस्थानको स्वामित्वमा गयो। त्यसपछि गुठीकै मिलेमतोमा उक्त वनक्षेत्रलाई समेत गुम्बाअन्तर्गत पारिएको हो।

२०२१ को नापीअनुसार यो गुम्बा कित्ता नम्बर ६८६ को जग्गामा थियो। त्यतिबेला २ आना ३ पैसाको जग्गा दोस्रो नापी हुँदा कित्ता नम्बर ६२ कायम गरियो र क्षेत्रफल १४ आना ३ पैसा पुर्याइयो।

गुम्बाका सचिव राजेन्द्रलाल महर्जनले भने २०२१ को नापीमा ‘भूलवश’ क्षेत्रफल कम परेकाले दोस्रो नापीमा सच्याइएको हालसाविक दर्ता निवेदनमा उल्लेख गरेका छन्।

‘सरकारले नै गुम्बालाई दिएपछि हामीले केही भन्न सकेनौं। त्यस्तै हो भने सरकारले धार्मिक वन जसलाई पनि दिन सक्ने भयो,’ महासमिति अध्यक्ष तुलाधरले भने, ‘स्वयम्भू डाँडामा यति ठूलो गुम्बा किन चाहियो? गुम्बा मात्र बनाएर भएन नि, घुम्ने ठाउँ पनि त चाहियो।’

उनका अनुसार अतिक्रमित जग्गा धार्मिक वनअन्तर्गत पर्छ। यसलाई प्रयोग गर्न छुट्टै नियम पालना गर्नुपर्छ। जथाभाबी मिचेर संरचना बनाउन पाइँदैन।

‘स्वयम्भू संरक्षण एवं निर्माण मापदण्ड २०६४’ अनुसार स्वयम्भू डाँडास्थित महाचैत्य वरिपरि अधिकतम २४ फिटको संरचना मात्र निर्माण गर्न पाइन्छ। यो मापदण्डअनुरूप गुम्बा पनि २४ फिटभन्दा अग्लो बनाउन पाइँदैन।

चौबीस फिट मात्र बन्नुपर्ने गुम्बामा परम्परागत सामग्री प्रयोग नगरी किन कंक्रिट पिलर हालेको भनी स्थानीयले प्रश्न गरेका समाचार सेतोपाटिमा छ।

‘विश्व सम्पदा क्षेत्रमा कुनै पनि निर्माण गर्दा आधुनिक सामग्री प्रयोग गर्न हुँदैन भनेर पुरातत्व विभागले भनेको हामीले सुनेका छौं,’ हाल मरूटोल निवासी स्थानीय मधुसुदन श्रेष्ठ भन्छन्, ‘स्वयम्भूको यो गुम्बामा भने सिमेन्ट र डन्डी प्रयोग गरेको देख्दादेख्दै पुरातत्व किन मौन?’

युनेस्कोले सन् १९७९ मा स्वयम्भूलाई विश्व सम्पदा सूचीमा राखेको थियो। सूचीकृत गर्ने क्रममा यहाँ हुने सांस्कृतिक परम्परा, मौलिक घर लगायतका विविध पक्ष हेरिएका थिए। विश्व सम्पदा क्षेत्रमा भएको गुम्बालाई निजी भन्नै नसकिने अध्यक्ष तुलाधर बताउँछन्।

‘स्वयम्भू पूरै संरक्षित क्षेत्र हो। सातमध्ये एक सम्पदा पर्ने स्वयम्भूमा मनलाग्दी गर्न पाइँदैन,’ उनले भने, ‘यो मान्छेले कल्पना गरेर फेरि फेरि बनाउन सक्ने ठाउँ होइन, त्यसैले जस्तो पायो त्यस्तो निर्माण गर्न दिनुहुन्न।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution