इजरायलमा २५६३ औ बुद्ध जयन्ति भव्यताको साथ् सम्पन्न (फोटो फिचर सहित)

तेलअविव – नेपाली दुतावास इजरायलको मूल आयोजकत्वमा इजरायल स्थित सम्पूर्ण संघसंस्था आयोजक र मिडियाहरुको सहकार्यमा एशियाका ज्योति तथा नेपालका गौरव गौतम बुद्धको २५६३ औं बुद्ध जयन्ती कार्यक्रम गत शनिबार तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताको साथ सम्पन्न गरेको छ |
बौद्धधर्म गुरु लामा थुप्तेन योन्जन तामाङले पाठपूजा गरी कार्यक्रमको सुरुवात गरेका थिए |
भगवान बुद्धको पुजाआज सहित बुद्धको प्रतिमामा खादा चढाउनु भएर इजरायलका लागि नेपाली महामहिम राजदुत डा.अन्जान शाक्यले कार्यक्रम उत्घाटन गरेकी थिईन् |
राजदुत शाक्यले कार्यक्रम सहभागी हुनुभएका सम्पूर्ण पाहुनालाई स्वागत गर्नु हुदै एशियाका ज्योति तथा नेपालका गौरव गौतम बुद्धको बारेमा थप जानकारी दिनु भएकी थिईन् |
कार्यक्रममा इजरायल स्थित विभिन्न देशका राजदुतहरु ,नेपालका लागि इजरायलका भूपू राजदुतहरु ,इजरायल सरकारको प्रतिनिधिको साथ उल्लेल्खीय रुपमा नेपाली तथा इजरायली नागरिकहरुको समेत सहभागिता रहेको थियो |
कार्यक्रममा मावोवादी जनयुद्धताको बिषयवस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र “सुपरमून”केहि अंशहरु र भगवान बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा बृस्तृत सहितको छोटो वृतचित्र प्रदर्शन गरेको थियो |
पाश्चात् सम्पूर्ण सहभागी पाहुनाहरुलाई भगवान बुद्धको प्रशाद वितरण गरेका थिए |
२५६३ बुद्ध जयन्ति कार्यक्रम आयोजक संघसंस्थाहरु र मिडिया तथा फोटोग्राफरहरु निम्न रहेका थिए |