हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

आज बुद्ध जयन्ती : बुद्धका ३० अनमोल वचन, जसले तपाईको सोच बदल्न सक्छ

काठमाडाैं । अहिले हामी भगवान् गौत बुद्ध नेपालमा जन्मेका हुन् भनेर गर्व गर्छौं । अहिले हामी विदेशतिर गयौँ भने नेपालको परिचय दिँदा-‘शान्तिको दूध बुद्धको देश हो’ भनेर दिने गरेका छौँ।

आज देशभर विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदैछ। समाजिक सञ्जार रङ्गीएको बुद्धको प्रशांसले । एशियाका तारा भनेर चिनिने बुद्धको जन्म इसापूर्व ५६३ सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट भएको थियो ।

यसरी बुद्ध जयन्ती मनाइहरदा विश्वमा कहलिए गौतम बुद्धकाे केहि अनमोल वचन प्रस्तुत गरेका छाैँ, जसले तपाईंको सोंच बदल्न सक्छ ।

१. शान्ति आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।

२. आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वास नगर ।

३. यदि आफैलाई सच्चा प्रेम गर्दछौँ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।

४. हाम्रो मस्तिष्क नै सबै थोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौँ । ।

५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।

७. बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

९. यदि विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

१०. हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौ ।

११. हजारौँ युद्धहरू जित्नुभन्दा महत्त्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिँदैन न त परीद्वारा न त प्रेतद्वारा ।

१२. अतितमा ध्यान नदेउ, भविष्यको बारेमा नसोच । आफ्नो मनलाई वर्तमानको क्षणमा केन्दि्रत गर ।

१३. तीन कुरा लामो समय लुकाउन सकिदैन, सूर्य, चन्द्र र सत्य ।

१४. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

१५. मैले यो हेर्दिन कि के-के गरिसके, मैले यो हेर्दछु कि-के के गर्न बाँकी छ ।

१६. हजार खोक्रा शब्दहरूभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।

१७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

१८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराई जलाउन सकिन्छ । यसरी नै खुसी बढ्दा बढ्ने गर्छ ।

१९. आफ्नो उद्धारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।

२०. धार्मिक त्यही हो जसले अरूका निम्ति त्याग गर्न सक्छ ।

२१. एउटा पुरै गाग्री थोपा-थोपा पानीले भरिने हो ।

२२. घृणा घृणाद्वारा घट्दैन बल्की यो प्रेमद्वारा घट्दछ, यो शाश्वत नियम हो ।

२३. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, सन्तोष सबैभन्दा ठुलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।

२४. कुनैपनि विवादमा हामी जसरी क्रोधित हुन्छौ, तब हामीले सत्यको बाटो बिराउँछौ ।

२५. जो मानिस दोस्रोको ईर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।

२६. कुनै हिंस्रक जनवारभन्दा कपटी र दृष्ट साथी खतरनाक हुन्छ । जनवारले त तपाईंको शरीरमा हानी पुर्‍याउँछ । तर एक खराब साथीले तपाईंको बुद्धि भ्रष्ट गरिदिन सक्छ ।

२७. तपाईंसँग जे छ, त्यसलाई बढाई-चढाई नबताउनुहोस् । न त अर्कालाई इष्र्या नै गर्नुहोस् । जो अर्कालाई इष्र्या गर्छ, उसको मनमा शान्ति कहिल्यै मिल्दैन ।

२८. हामीलाई हामी बाहेक अरु कसैले बचाउन सक्दैनन् ।

२९. हरेक बिहानी हामी पुर्नजन्म लिन्छौ । त्यसैले आज हामीले के गर्‍यौं ? यही कुराले सबैभन्दा बढी महत्व राख्छ ।

३०. सत्यको मार्गमा हिँड्का व्यक्तिले दुई गल्ती गर्न सक्छन्, एक पुरा बाटो तय नगर्नु । अर्को यसको सुरुवात नै नगर्नु । 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution