तामाङ घेदुङ कुर्दिस्तान ईराकले २५६३ औं बुद्ध जयन्ति मनाउने
तेलअविव – नेपाल तामाङ घेदुङ कुर्दिस्तान ईराकले २५६३ औं बुद्ध जयन्ति आउँदो २४ मे शुक्रबारको दिन बिहान १० बजे देखि नोबेल हल सर्चिनरमा भव्य रुपमा मनाउने भएको छ |
बौद्ध महायान धार्मिक परम्परा अनुसार ‘लोपेन लामा छ्योईङ् घ्युर्मे ह्योल्मो’को समुस्पतिथिमा २५६३ औं बुद्ध जयन्ती समारोह (मणि मोलम)पुजाको साथमा संस्थाको पहिलो औं बार्षिक उत्सव तथा साधारण सभा गर्ने भएको छ |
कार्यक्रम लाई सभ्य र भब्यताको साथ सफल पर्नुको निम्ति विभिन्न संघसंस्थाका वरिष्ट बुद्धिजीवी वर्गहरु लगायत सम्पुर्ण ईराक भरि छरिरहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई गरिमय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ |