इजरायलमा याक्वा तङ्नाम पुजा गरिदै , सम्पूर्ण तयारी पुरा
तेलअविव -किराँत याक्थुङ चुम्लुङ इजरायलले यहि आउदो १७ मे २०१९ (शुक्रबार) लेबेन्स्की ९९ भवनको आठौ तलामा रहेको हलमा बेलुका ६ बजे देखि शुभकामना आदानप्रदान सहित याक्वा तङ्नाम पुजा गर्ने भएको छ |
याक्थुङ जातिहरु आदिमकाल देखि प्रकृति प्रेमी साथै प्रकृति पुजक भएको कुरा मुन्धुमहरुमा प्रष्ट रहेको छ ।मुन्धुमलाई याक्थुङहरुले जिवनको मार्गदर्शनको रुपमा अनुसरण गर्ने गर्द्छन् | प्रकृति र जीवन रक्षाको निम्ति याक्थुङहरुले विभिन्न समयमा देवि देउतालाई भाकेर हावा,पानी,घाम,जुन,आगो,माटो,साथै बालिनालीहरुलाई पुजा गर्ने प्रचलन रहेको छ ।
इजरायलमा उक्त दिन धेरै कार्यक्रमहरु भएकोले तोकिएको समयमा कार्यक्रम सुरु गरि १ घन्टा भित्रमा पुजा सम्पन्न गरिने हुँदा समयमै छुट्टिमा हुने समस्त इजरायलबासी याक्थुङ लगायत सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनीहरुमा उपस्थितको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।