मलेसियामा २५६३ औ बुद्ध जयन्तीको अवसरमा पाँच दिनसम्म रथयात्रा गरिदै, सम्पूर्ण तयारी पूरा

क्वाललम्पुर । शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्म, ज्ञानप्राप्ति तथा महापारीनिर्वाणको स्मरणमा २५६३ औं बुद्ध जयन्ती (वेशाक डे) को अबसरमा मलेसियामा मे १७ शुक्रबार देखि मे २१ मंगलबार सम्म रथयात्राको साथमा बुद्ध जयन्ति कार्यक्रम मनाउने भएको छ |
नेपाली दुताबास मलेसिया, एनआरएन मलेसिया, नेपाल ब्यबसायी समाज मलेसिया, नेपाल आदिबासी जनजाति माहासंघ मलेसिया, दोलखा सेवा समाज मलेसिया, नेपाल मगर संघ मलेसिया, तामाङ समाज मलेसिया, शेर्पा समाज मलेसिया, किराँत राई यायोक्खा मलेसिया, सुदुरपश्चिमेली सेवा समाज मलेसिया र खप्तडी बस्नेत समाज मलेसिया लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना हुन लागेको उक्त रथयात्रा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक सुन्दर आलेले बताए ।
उक्त रथयात्रा कार्यक्रममा बुद्ध भूमिको रुपमा रहेको नेपालको राष्ट्रिय पहिचान, कला संस्कृति, पर्यटन प्रवद्र्धन हुनेहुँदा रथयात्रा कार्यक्रममा उत्साहपूर्बक सहभागी हुन मलेसियामा रहेका नेपाली तथा विभिन्न सामाजिक साँस्कृतिक संघ संस्था हरुलाई आयोजक समितिले अनुरोध गरेको छ ।
मलेसियाको बहुधार्मिक सामाजिक बनोटलार्इ समेत ध्यानमा राखी सहभागिताको क्रममा होहल्ला, नाचगान, नारावाजी, मादक पदार्थ सेवन गर्न तथा नगराउन तथा शान्तिका प्रतिक मानिने भगवान गौतम बुद्धको उपदेश अनुकुलका आचरण र शैलीमा शान्त तथा सभ्य रुपमा उक्त कार्यक्रमलाइ सफल बाइदिन आयोजक समितिले आह्वान गरेको छ ।
विज्ञप्ति जारी गर्दै नेपाली दूताबास मलेसियाले उक्त रथयात्रामा सहभागी हुन मलेसियामा रहेका सम्पूर्ण नेपाली हरुलाई अनुरोध गरेको छ ।