भारत हुँदै तेस्रो देश जान नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य

काठमाण्डौ – भारत हुँदै तेस्रो देश जानेलाई अबदेखि नेपाली दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर) अनिवार्य गरिएको छ ।
भारतीय अध्यागमनबाट लिनुपर्ने इमिग्रेसन क्लियरेन्सका लागि भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य चाहिने भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको हकमा भने दूतावासबाट सिफारिस पत्र लिनका लागि वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी गरिएको श्रम स्वीकृति अनिवार्य गरिएको छ ।
नो अब्जेक्सन लेटरका लागि आवेदन दिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुन नसकेमा इमेलमार्फत पनि निवेदन दिन सकिने दूतावासले जनाएको छ ।