हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

४३ वर्षीय माडवारीले जिते को बन्छ करोडपतिमा १ करोड, को हुन उनी ?

काठमाडौं । ‘को बन्छ करोडपति’ कार्यक्रममा मोरङ विराटनगरका ४३ वर्षे राजीव जैनले १ करोड रुपैयाँ जितेका छन् ।आइतबार प्रसारण भएको कार्यक्रममा जैनले १५ औं प्रश्नको रुपमा २००७ सालको प्रजातन्त्रपछिको ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? भन्ने प्रश्नको सही उत्तर दिँदै १ करोड रुपैयाँ जितेका हुन् ।

नायक राजेश हमालले सञ्चालन गर्ने उक्त कार्यक्रममा १ करोड रुपैया जित्ने उनी पहिलो व्यक्ति हुन् । नेपालमा सञ्चालित पहिलो संकरणमा यस अगाडि ६ लाख ४० हजार मात्रै जित्न सफल भएका थिए ।

दिल्ली विश्वविद्यालबाट फ्याकल्टी अफ म्यानेजमेन्टमा सन् २००३ एमबीए सकाएर उनी अहिले काठमाडौंमा व्यापार गर्छन् । परिवारसँग विगत १० वर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका छन् ।

क्रिकेट, फुटवल र क्विजमा रुची राख्ने उनी एसएलसीमा मोरङ जिल्ला टपरसमेत हुन् । नेपालमा आईए र बीबीएस पूरा गरेका उनी त्यसपछि दिल्ली गएका थिए ।

विराटनगरको अरनिको स्कुलबाट अध्ययन सुरु गरेका राजीवले जितेको १ करोड रुपैयाँ सामाजिक काम तथा स्वदेश तथा विदेशको भ्रमणमा खर्च गर्ने योजना बनाएका छन् @ क्लिकमान्दु |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution