अन्तर्राष्ट्रिय तामाङ गुम्बाको नक्सा तयार,एक हप्ता भित्र सम्झौता हुने

काठमाडौ । लुम्बिनीको गुम्बा बिहार चैत्य स्तूप / बोधी गार्डेन छेत्र भित्र निर्माण हुने अन्तर्राष्ट्रिय तामाङ गुम्बाको कष्ट स्टिमेट र नक्सा आज गुम्बा निर्माण समितिको संयोजक अन्तर्राष्ट्रिय तामाङ परिषदको पुर्ब अध्यक्ष महेन्द्र जंग तामाङले लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय बबरमहल काठमाडौमा कार्यालय प्रमुख ज्ञानेन्द्र राईलाई हस्तान्तरण गरिएको छ।
तामाङ गुम्बाको कष्ट स्टिमेट र नक्सा हस्तान्तरण गर्न अन्तर्राष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष टासी लामा , नेपाल तामाङ घेदुङको महासचिव बाबु घिसिङ तामाङ र इन्जिनियर नवीन लामा तामाङ सहितको प्रतिनिधि टोलि लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय बबरमहल काठमाडौमा पुगेका थिए |
अब एक हप्ता भित्र सम्झौता हुने कोषका काठमाडौ प्रमुख राईले बताउनु भएको छ |
२९ बैशाख २०७६