को बन्छ करोडपति’ मा कीर्तिमान, राजीवले जिते १ करोड ?

काठमाडौं : चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’ मा नयाँ कीर्तिमान बनेको छ। अहिलेसम्मका सहभागीले ६ लाख ५० हजार मात्रै जितेकोमा एकजना सहभागीले २५ लाख रूपैयाँ जितेका हुन्।
विराटनगर निवासी राजीव जैनले १३ वटा प्रश्नको उत्तर मिलाएर २५ लाख रूपैयाँ जितेका हुन् । उनीसँगको कार्यक्रम शनिबार समय नपुगेर सकिएकाले अन्य प्रश्नको उत्तर मिलाए मिलाएनन् खुलेको छैन।
उनले अब बाँकी २ प्रश्नको उत्तर मिलाए ५० लाख रूपैयाँ जित्नेछन्। ५० लाख रूपैयाँ र एक करोडको प्रश्न मिलाए मिलाएनन् ? त्यसको उत्तर पाउन अर्को भाग कुर्नुपर्ने भएको छ।
उनले अरू २ प्रश्नको सामना गरेको कार्यक्रम हेर्न भने कुर्नुपर्ने भएको छ। यदि उनले अब बाँकी २ प्रश्नको उत्तर मिलाएको अवस्थामा एक करोड रूपैयाँ जित्ने पहिलो सहभागी हुँदै कीर्तिमान कायम गर्नेछन् ।
महानायक राजेश हमाल प्रस्तोता रहेको यो कार्यक्रममा २५ लाख रूपैयाँ जित्ने पनि उनी नै पहिलो सहभागी हुन्। जैनले २५ लाख जितेपछि समय अभाव भएपछि बाँकी कार्यक्रम अर्को भागमा देखाइने प्रस्तोता हमालले बताएका छन्।