तामाङ डाजाङको १८ औ वार्षिकी कार्यक्रम सम्पन्न,तीन जना पुरस्कृत र छ जना सम्मानीत

याम्बु – तामाङ साहित्यिक संस्था तामाङ डाजाङको १८ औ वार्षिकी कार्यक्रम सम्पन्न भएको छ ।
आज काठमाडौ स्थित नेपाल तामाङ घेदुङको हलमा एक कार्यक्रम गरी आफ्नो वार्षिकी मनाइएको हो । प्रमुख अतिथि जापानका पुर्व राजदुत एवं डाजाङका संरक्षक डा. गणेश योन्जनले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सोही अवसरमा डाजाङले २०७५ सालमा तामाङ साहित्यमा योगदान पुर्याए बापत तीन जना लेखक रचना मोक्तान तामाङ, सन्जीब योन्जन तामाङ र याङजी थोकरलाई तामाङ साहित्य (ग्योइकाइ) पुरकार–२०७५ ले नगद जनही ५÷५ हजार सहित प्रमाण पत्रले सम्मान गरेका थिए ।
त्यसैगरी २०७५ मै तामाङ भाषामा पुस्तक प्रकाशन गरे बापत ६ जना लेखकहरुलाई सम्मान गरेका छन् । सम्मान हुनेहरुमा गोसाइकुण्ड गाउँपालिका–५ रसुवाका फुर्पा तामाङ (तामाङ उखानकोश), सुनकोसी गाउँपालिका–४ सिन्धुलीका तेजबहादुर योन्जन (फापारे व्हाइ), बाग्मती गाउँपालिका–८ फापारबारी मकवानपुरका मुक्तान थेबा (काकलिङ), मन्डन देउपुर नगरपालिका–१ काभ्रेकी शान्ति वाइबा (पेङ दोर्जे), चौरीदेउराली गाउँपालिका–५ मादनकुँडारी काभ्रेका निरुभक्त वाइबा (ग्ले तगुर) र सैलुङ गाउँपालिका–१, दुधपोखरी दोलखाका कृतधावा तामाङ घिसिङ (ताम्बा व्हाइ) रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि जापानका पुर्व राजदुत डा. गणेश योन्जनभाषाविद् अमृत योन्जन तामाङ, नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । पुरस्कृत रचना मोक्तान र सम्मानित फुर्पा तामाङले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रम डाजाङको नियमित साहित्य वाचनको १८६ श्रृखंला पनि भएकोले हिरामाया घिसिङ, शित्तल तामाङ, सन्जीब योन्जन, तेजबहादर योन्जन, मिलन तामाङ, ढुप्साङ लामा, रन्जना मोक्तान, राजु मोक्तान लगायतले रचना वाचन गुर्नभएको थियो ।
तामाङ डाजाङले २०५९ देखिनै हरेक महिनाको आन्तिम शनिवार तामाङ साहित्यिक कार्यक्रम गर्र्दै आएका छन् । त्यससंगै मासिक पत्रिका तामाङ डाजाङ १५४ अंकसम्म निरन्तर प्रकाशन गरिसकेका छन भने तामाङ काइ नामक रडियो कार्यक्रम समेत २०६१ देखि हालसम्म निरन्तर प्रसारण गरिरहेका छन् ।
-तामाङ डाजाङला फेसबुक ग्याम्से |
२०७६ बैशाख २८