हामी शिवजीका सन्तान हौँ, गाँजा रोप्नैपर्दैन, गरिखाऊ भनेर शिवजीले दिए : केशव स्थापित

काठमाडौं– प्रदेश ३ का पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य केशव स्थापितले कृषिकै माध्यमबाट समृद्धिको बाटोमा जान सकिने बताएका छन् । सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै सांसद स्थापितले हाट बजारले जीवन पाठशालाको काम गर्ने भन्दै यसबाट सबैले पाठ सिक्न सक्ने बताए ।
सामुदायिक बजार भएपछि झगडा हुन्छ, मेलमिलाप हुन्छ सबैथोक हुन्, उनले भने, ‘अनि न मान्छेले सिक्छ ।’ उनले उपेन्द्र महतो (एनआरएनका पूर्वअध्यक्ष) तराईमै बसिरहेका भए आज पान बेच्दै हुने थिए भनदै काठमाडौ आएर यस्तै बजारबाट सिकेर अहिले उनी ठूला व्यापारी भएको तर्क गरे ।
अमेरिकाजस्तो विकसित मुलुकमा समेत गाँजा खुला गरिएको भन्दै उनले नेपालमा भने प्रहरीले फाँड्ने गरेकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘हामी शिवजीका सन्तान हौँ, गाँजा रोप्नैपर्दैन, गरिखाऊ भनेर शिवजीले दिए ।
गाँजालाई पनि कृषि उत्पादनमध्येकै मान्नुपर्ने बताउँदै उनले भने, ‘यसबाट पनि आम्दानी गर्न सकिन्छ । विदेशीलाई गाँजा बेच्नैपर्दैन, सुँघाएरै असुल्न सकिन्छ ।’