सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ चयन

सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ चयन भएका छन् |बैंकको शुक्रबार भएको साधारणसभले ६ जना संचालक समिति चयन गरेको छ। सोही मध्येबाट तामाङ पुनः अध्यक्षमा चयन भएका हुन्।
साधारण सभाले बैंकको संस्थापक शेयरधनीहरुमा इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डेलाई निर्विरोध चयन गरेको थियो।
यसैगरी सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेश बहादूर मल्ल संचालकमा चयन भएका हुन्। उनीहरु आगामी ४ वर्षका लागि निर्विरोध चयन भएका हुन्।
बैंकको आज भएको साधारणसभाले सेयरधनीलाई १० दशमलव २५ प्रतिशत बोनस सेयर र ५ दशमलव ०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव स्वीकृत गरेको छ।