क्यानाडाबाट बौद्ध धर्मगुरु बुद्ध जयन्ति कार्यक्रमको लागि इजरायलमा

तेलअविव – ह्योल्मो समाज इजरायल द्वारा आयोजित २५६३ औं बुद्ध जयन्ति कार्यक्रमको लागि क्यानाडाबाट धार्मिकगुरु लोपेन लामा छ्योईङ् घ्युर्मे ह्योल्मो’ इजरायल आईपुग्नु भएको छ |
ह्योल्मो समाजले २५६३ औं बुद्ध जयन्तिको पावन अवसरमा आउदो में १० तारिख २०१९ (शुक्रबार) साँझ बौद्ध महायान धार्मिक परम्परा अनुसार ‘लोपेन लामा छ्योईङ् घ्युर्मे ह्योल्मो’ ( क्यानडाबाट पाल्नु हुने ) को समुस्पतिथिमा मणि मोन्लम,छोगफुल,प्रवचन,मेडीटेशन सङै संस्थाको १३ औं बार्षिक उत्सव तथा साधारण सभा गरी नयाँ कार्यसमिति चयन गर्ने भएको छ |
एतिहासिक१३ औं वार्षिकोत्सब तथा साधारण सभामा सम्पुर्ण ह्योल्मोहरुले आफ्नो अधिकार सहित सहभागिता राख्दै आफ्नो ह्योल्मो संस्था प्रति उत्तरदायी बोध गराई आफु संग भएको क्षमता योग्यता र योगदानको आधारमा मर्यादित र निर्वाचन आचार संहिता संस्थाको बिधान अनुरुप कार्यकारिणी समितिको उचित पदको लागि उम्मेद्वारी दर्ता गराउन सक्ने संस्थाले जनाएको छ |
इजरायलमा रहनुहुने सम्पुर्ण ह्योल्मो आद न्हो आजी न्होमोहरुलाई बुद्ध जयन्ति समारोह,वार्षिकोत्सब तथा साधारण सभामा उपस्थित भई आफ्नो धर्म संस्कृतिको आदर र जगेर्ण तथा पुनित कार्य र साधारण सभामा आफ्नो अधिकारलाई प्रयोग गर्दै कार्यक्रमलाई भब्यताका साथ सफल पारिदिनु हुन ह्योल्मो समाज इजरायल परिवार द्वारा हार्दिक अनुरोध गरेको छ |